Latest Post

हार्दिक अपिल
‘बिपदमा सबै नेपाली जुट्यौं अनिवार्य
मानवता र सद्भावका लागि सहकार्य’
हिमाल पहाड तराई कोही छैनौं पराई । तराईमा अविरल बर्षाका कारण केही स्थान पुरै डुवानमा परेर धेरै जना मानिसहरु पिडामा परेका छन् । उहाँहरुको उद्धार तथा राहत वितरणका लागि हामी धुर्मुस सुन्तली फाउण्डेशनबाट त्यसतर्फ राहतका प्याकेज लिएर जाने निर्णय गरेका छौं । यदि तपाईहरु पनि ब्यक्तिगत तथा संस्थागत रुपमा सहकार्य गर्न चाहानुहुन्छ भने हाम्रो फाउण्डेशनको सम्पर्क नं. ०१४४८१६२२, ९८४१२२९९१२ मा सम्पर्क गर्न सक्नुहुनेछ । साथै सहकार्य गर्न चाहने महानुभावहरुका लागि फाउण्डेशनको कृषि बिकास बैंकको खाता नं. ०२१०६००७५१३३८०१५ रहेको जानकारी पनि गराउँदछौं ।
आपतमा परेकाहरुका लागि हाम्रो यस अभियानमा तपाईहरुको साथ र सहयोगको अपेक्षा राखेका छौं ।

भुकम्प गए लगतै काँडाघारी स्थीत युवाहरु द्धारा गठित हाम्रो मद्धत्त नामक समूहले भुकम्प पिडितहरुलाई राहत वितरण गर्ने कार्य गरेको थियो र त्यसै क्रममा बाँकी हुनआएको रकम  धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गर्न लागेको ‘अब विश्वले चिन्नेछ नेपाल, नेपालभित्रको नेपाल नमुना नेपाल’ निर्माणका लागि ७० हजार रुपैंया सहयोग प्रदान गर्नुभएको छ । उहाँहरुले गर्नुभएको यस सहयोग प्रति हामी निकै कृतज्ञ छौं । आउनुहोस तपाई पनि हातेमालो गरौं ।
यो सम्भव छ, तपाई हाम्रै सहकार्यमा
राष्ट्र निर्माण, तपाई हाम्रो अभियान’

नमस्कार, अब विश्वले चिन्नेछ नेपाल, नेपालभित्रको नेपाल ‘नमुना नेपाल’ निर्माणका लागि सहयोग गर्न बैंक अफ काठमाण्डौंको खाता नम्बर  ०१६८००१००३७०५२४ अथवा रेमिट्यान्स मार्फत कुञ्जना घिमिरे, ललितपुरमा पठाउन सक्नुहुनेछ । 
More Detail : 01-4482971, 9841229912

धुर्मुस सुन्तली फाउण्डेशन

आज साउन २६ गते रुपेश लामा तामाङ र उहांकी श्रिमतीले आफ्नो छोरी रुश्रिना तामाङको पहिलो जन्मदिनकोे अवसमा धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गर्न लागेको ‘अब विश्वले चिन्नेछ नेपाल, नेपाल भित्रको नेपाल नमुना नेपाल’ निर्माणका लागि ५हजार ५ सय रुपैयाँ सहयोग प्रदान गर्नुभएको छ । यस सहयोगले हामीलाई अझै धेरै हौसला प्राप्त हुनुका साथै सहयोगी मनहरुमा हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।

नमस्कार, अब विश्वले चिन्नेछ नेपाल, नेपालभित्रको नेपाल ‘नमुना नेपाल’ निर्माणका लागि सहयोग गर्न बैंक अफ काठमाण्डौंको खाता नम्बर  ०१६८००१००३७०५२४ अथवा रेमिट्यान्स मार्फत कुञ्जना घिमिरे, ललितपुरमा पठाउन सक्नुहुनेछ । 
More Detail : 01-4482971, 9841229912

धुर्मुस सुन्तली फाउण्डेशन

Contact Form

Name

Email *

Message *

Powered by Blogger.