UAE मा कार्यरत कावासोतीका मित्र गंगा प्रसाद शर्मा ले विभिन्न बेलामा लेख्नुभयका मन छुने कबिता हरु
१,
यहाँ हरेक सासको मुल्य तोकिन्छ
थाहै हुन्न कहिले कहाँ सास रोकिन्छ
साबधानी हरपल अपनाउदै गर्दापनि
पलभरमै मृत्यु सँग जीवन ठोकिन्छ!!
२,
पानी माथी आगो जलाएर देखाउ
तेल बिना दियो बलाएर देखाउ
किन घमण्ड गर्छौ बैज्ञानिक हो,
असम्भव केही छैन भनेर..
सक्छौ भने माया बिना संसार चलाएर देखाउ!!
३,
आजकल हाम्रो बोलचाल बन्द छ
मायाको हावा अलि मन्द छ
एक मन बोलौँ अर्को मन नबोलौँ
यस्तै यस्तै आन्तरिक द्वन्द छ!!
४,
फाटेको मन सिउनै पर्दो रैछ
पलपल मरे पनि जिउनै पर्दो रैछ ।
थाह छ पैसाले मन किन्दैन तैपनि
पापीपेट पाल्न जनतन खिउनै पर्दो रैछ।।
५,
डुब्यो भने पानीलाई दोष दिन्छ
लड्यो भने ढुंगालाई दोष दिन्छ
मान्छेको बानी बडो अजिबको हुन्छ
जीवनमा केहि गर्न सकेन भने
भाग्यलाई दोष दिन्छ !!
६,
चिसो रैछ नि सिरानी भनेर सोध्यौ,
पोखिएछ पानी भनेर ढाटे!
आखामा आँसु ओठमा हासो किन भन्यौ,
यस्तै हो बानी भनेर ढाटे!!
७,
बिचार गर्नुसआँखामाआँसुको खात हुन सक्छ,
बाहिर खुशी मनमाऔसिको रात हुनसक्छ,
कसैलाई निआँखा चिम्लिएर बिस्वास नगरौँ!!!
त्यस्तै रआफ्नै मान्छेबाट घात हुनसक्छ!!!
Post a Comment