हाल ईजरायलमा कार्यरत चितवनकि चेली सम्झना पन्त दिदिले बिभिन्न बेलामा लेख्नुभयका केही मुक्तकहरु १,  प्रवास ले चुट्नु  चुट्यो,  मेरो सारा खुसी लुट्यो प्राण भन्दा पनि प्यारो मायालुको साथ छुट्यो ।।

हाल ईजरायलमा कार्यरत चितवनकि चेली सम्झना पन्त दिदिले बिभिन्न बेलामा लेख्नुभयका केही मुक्तकहरु

१, 
प्रवास ले चुट्नु  चुट्यो, 
मेरो सारा खुसी लुट्यो
प्राण भन्दा पनि प्यारो
मायालुको साथ छुट्यो ।।
२,
मेरो खुसी लुटि लए' पनि
मलाई भुलेर  गए' पनि
तिम्रै यादमा बाँच्ने छु प्रिय
तिमी जति टाढा भएपनि ।।
३,
भिजे सिरानी रातमा
रोएर तिम्रो यादमा
बर्सौ बित्यो प्रावसमा
तस्बिर राखी साथमा
४,
जब मान्छे खास हुन्छ
मन भित्र बास हुन्छ
उन्को याँदमा धड्किने
धड्कन र सास हुन्छ  ll
५ ,
गरिबी र ऋणले पिल्सिएको त्यो दिन
भोकाको पेटमा छट्पटिएको त्यो दिन
कहाँ बिर्सन सक्छु र छोराछोरि छाडी
ऋण तिर्न भनि विदेशिएको त्यो दिन II
६,
भोको पेटले प्रवासको सपना देखायो
सपनै सपना को प्रवासी झोला बोकायो
रातदिन् प्रवासमा सपना कै पछि पछि
कहिले पुरा नहुने कस्तो, लत लगायो II
७,
यो कलि युग हो, देखाउनेको घुईचो छ यहाँ
सोझा लाई मुन्टो टेकाउनेको घुईचो छ यहाँ
बज्छ डमरु एकातिर,नाच्छन् आफ्नै तालमा
हेर्दै तमासा, तालि बजाउनेको घुईचो छ यहाँ II

[( भावना )
हिजोको हाम्रो त्यो मिठो अतित, आज सानो भुल हुदा
वर्तमान अन्योलमा परिरहेछ यहाँ
सिग्गो भविस्य बिना आगो खरानी हुदा
जिउदो लाससरी भौतारी रहेकी छु यहाँ
सम्हाल्न नसक्ने गरि, जिन्दगी नरक  भै दिदा
आफ्नै छाया सग भागी रहेकी छु यहाँ ]
८,
पल् पल् टुटेको मान्छे हु म
भाग्य फुटेको मान्छे हु म
कर्म गरि भाग्य बनाउन
एक्लै जुटेको मान्छे हु म II

जिबनमा सानो तिनो चोट लागि रहन्छ I दुख सुख उतार चडाब भै नै  रहन्छ  बस्' कर्म गरौं, राम्रो सोचौं, सहयोगी भावना राखौ, स्वस्थ रहौ, ब्यस्त रहौं समय संगै सबै ठिक हुनेछ I आफैले आफैलाई सान्तवना हौसाला साथै आफु जस्तै हजुरहरुलाई पनि I

मिठो सम्झना सम्पूर्ण हजुरहरुमा I

( धन्यवाद )
सम्झना पन्त
( चितवन )
हाल इजरायल

Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.