बृहत सांगितिक कार्यक्रम "डम्फु साँझ" 2016
कतारमा बृहत सांगितिक कार्यक्रम "डम्फु साँझ" हुने भएको छ। नेपाल प्रवासी तामाङ समाज कतारको १२ बर्ष पूरा भएको उपलक्ष्यमा उक्त कार्यक्रम गर्न लागिएको कार्यक्रमका संयोजक तथा उक्त संस्थाका कलाकार बिभाग प्रमुख उत्तर लामाले जानकारी दिएका छन।
यस डम्फु साँझ सांस्कृतिक कार्यक्रमबाट अनाथ, गरिब तथा जेहेन्दार बिद्यार्थीहरुका लागि स्थापना गरिएको शैक्षिक बिकास कोषलाई बिशेश सहयोगको लागि यो कार्यक्रम हुनलागेको उत्तर लामाले बताएको छन। लामाकाअनुसार यस सांस्कृतिक कार्यक्रम मार्फत तामाङ जातिको मौलिक पहिचान बोकेको बाजा "डम्फु" को महत्त्वको बारेमा कतारमा रहेको सबै नेपाली दाजुभाइ तथा दिदिबहिनिहरुलाइ जानकारी दिइने लक्ष्य रहेको छ।
चर्चित सेलो गायक तथा संगितकार रोज मोक्तान, तामाङ सिने क्षेत्रका चर्चित खल नायक तथा निर्माता बिकु थोकर, सेलो तथा म्हेन्दोमाया गायिका टिकामाया चोथेन, तामाङ सिने क्षेत्रकै चर्चित नायिका तथा डान्सर निशा तामाङ र स्थानिय कलाकारहरु, तामाङ भासामा पहिलो र्याप गायक उत्तर लामा, सेलो गायक एस बि मोक्तान, सेलो गायक शुकमान मोक्तान (कुमार ओख्रेली) र सेलो तथा म्हेन्दोमाया गायक शिशिर तामाङको बेजोड प्रस्तुती रहने छ। कार्यक्रम संचालन भने गुराँस तामाङ र कमल योन्जन लाई दिइएको छ।
कार्यक्रमको मिति जति नजिकिँदै छ तयारी त्यति नै तिब्र भैरहेको बताउँदै, कतारमा रहेका कोहि नेपालिहरुले पनि यो कार्यक्रममा सामिल हुने अवसर नगुमाउन भन्ने उदेश्यले प्रचार प्रसार पनि व्यापक भैरहेको आयोजकले बताएको छ। कार्यक्रम प्रबेशको लागि टिकटको ब्यबस्था गरिएको कारण सबै गित संगितप्रेमी नेपालिहरुले शान्तिपुर्ण वातावरणमा मनोरञ्जन लिन समयमा नै आफ्नो सिटको सुरक्षा गर्न आव्हान गरियको छ।
बिहान १० बजे बाटै सुरु हुने उक्त कार्यक्रम जैद बृज नजिकै रहेको गल्फ पाराडाइज होटलमा हुनेछ। कतारमा रहेर उक्त कार्यक्रम सामिल हुन चहानुहुने सबै दाजुभाइ तथा दिदिबहिनिहरुले तल दिइएको सम्पर्क नम्बरहरुमा सम्पर्क गरि थप जानकारी लिन सक्नुहुनेछ।
सम्पर्क नम्बरहरु:-
१) उत्तर लामा - ३३२९४४८३
२) धिरेन तामाङ - ६६०६५१००
३) तिर्थ थिङ तामाङ -७०३१७७३३
४) कमल योन्जन -५०३१८४९३
५) थर्चा लामा - ६६४०९३३४
६) माईला वाईबा - ३०२९६८६९
७) तेज मोक्तान - ७७२७०५९१
Post a Comment