बिगत ९बर्ष देखि साउदी अरबको हायल जेलमा थुनियका  पन्च बहादुर रोका मगरको प्रधानमन्त्री लाई पत्र,

बिगत ९बर्ष देखि साउदी अरबको हायल जेलमा थुनियका  पन्च बहादुर रोका मगरको प्रधानमन्त्री लाई पत्र,

Laxman rasaili,                                                  कतार, Friday 19,August 2016

सम्माननिय प्रधानमन्त्री ज्यु नमस्कार,

कालोकोटी  साउदीको हायल जेलबाट, बिशेष लेख्नु त केहि पनी थिएन तर अन्तिम आशामा आशुहरुले सानो पत्र कोर्दै छु,हुन त हजुर सामु नपुग्न सक्छ ,तर म यहि जेलबाट सडेर गयपनी जिउनेहरु ले पक्कै पनी पढने छन/म गरिबको पिडा, नत घर न त घडेरी नै ... पैसा कमाएर आफ्नो भबिष्य सुधार्ने महान सपना बोकेर  १८बर्ष पहिले म खाडि मुलुकको साउदी अरब आएको थिएँ र म कुनै सिप नभयको तथा घर न घडेरी को मान्छे, त्यसैले साउदी पुगे संगै म एउटा साउदि नागरीक को (मझरा)भेडा हेर्ने काम पाएको थिए।  मैले ईमान्दार संग काम गरी रहेको थिय। मलाई मालिकको बिश्वासनियता कै कारण ९बर्ष सम्म एउटै मालिक संग काम पनी गरेंं /र मेरा साना सपना पनी पुरा भएका थिए। बर्षा मा चुहिने सानो झुपडी थियो घर बनाए र खान पुग्दैन्थयो जग्गा किनेर अन्न आफै उत्पादन गरेर खान सम्म  आत्म निर्भर भएकै थिय/र ९बर्ष सम्म एउटै मालिक संग काम गर्दा मालिकको म माथिको बिश्वास संगै म २पटक सम्म छुट्टी लिएर घर पुगेर घर ब्यबस्था मिलाएर म पुन:धन कमाउन पुगेको थिय,तयति बेला सम्म म गरीब को घर जाम जेनतेन आत्म निर्भर बनाइसकेको थिय/पुन:म साउदी पुगेर साहुको काम गर्न सुरु गरे,र त्यहि मेरो साहुको ग्यारेजमा काम गर्ने ३जना भारतिय(केरला) पनी थिय/र यउटै साहु संग काम गर्ने भएपनी  म एउटा भेडा चराउथे त तिनीहरु ग्यारेजमा काम गर्थे/र कहिले काही म बस्ने मझरा पनी जान्थे तिनीहरु संगै काम गर्थ्यौ संग संगै बस्थ्यौ ,म मेरो साहु संग धेरै नजिकको भइ सकेको थिए ९बर्ष भइ सकेको थियो,बिश्वास गर्थ्यो मलाई साहुले अनी त्यस्तै कहिलेकाही संगसंगै काम गर्ने गर्थ्यौ  तर काम कै बारेमा अलिअली बिबाद पनी हुने गर्थ्यो, म पनी कमाउन आएको उनीहरु पनी कमाउन आएको ,तर १जना लाई साहुले आफ्नै ग्यारेजमा राख्त्यो त २जना लाई म संगै काम दिन्थ्यो तर तिनी हरु काम गर्ने भनेर गएपनी तर दिनभर सुतिरहन्थे र म केहि भन्दैन्थे ,अनी साहु गएर मलाई भन्थ्यो कि तिमी ३जना किन कीम गर्दैन मलाई कराउथ्यो म अझै सान्त भएर बस्थे,त्यस्तै गर्दा गर्दै साहुले काम नगरेको भन्दै मेरो २महिनाको तलब समेत काटिदियो/अनी म गरीबको पसिना बगाएको रकम मैले पाएन तिनीहरुको कारणले/त्यस्तै गर्दा गर्दै त्यहि बिषयमा झगडा भयो र मलाई नै पहिले बेसरी कुटे तर मैले केहि गर्न सकिन किन कि म अर्का को देश छु यहॉको कानुन उल्टो छ,म कमाउन आएको घरमा फुल जस्ता छोराछोरी र स्वास्नी छन भन्ने सोचे,मलाई अति नै कुटे र खुट्टामा हानेर ठुलो घाउ समेत भइ सकेको थियो,अनी मैले सहन सकिन ,मन मुटु एकै भयो रिस थाम्न सकिन धेरै सोचे तर भएन,अन्तिममा एक भारतियको मृत्यु भएछ,त्यो समय आउला सोचेको पनी थिइन/त्यसै केशमा मलाई जेल हालियो ,र जेलमा हालिसकेपछि अदालतले फैसला सुनाउनु पर्नेमा जुन मृतक थियो त्यसको कोहि आफन्त आएर मुद्दा दर्ता भएन,अनी म गरीबका सपनाहरु जेलमा सडे,र अदालतले पहिले भनेको ५बर्ष जेल हुन्छ  ५बर्ष पुग्यो तर त्यति बेला सम्म पनी मृतक को कोहि नआएर भारतिय दुताबासले ५बर्ष पुगेपछि पुन:केश उल्टायो,र म जेलको जेल नै सडे /माननिय प्र.म,ज्यु
अहिले ९बर्ष पुग्दा समेत मृतक का आफन्तको अनुपस्थिती भएपनी तर म एउटा नेपाली जेल परेको छ भन्ने सबैलाई थाहा छ तर न त कुनै संघ संस्था सोधपुछ गर्न आउछ त न दुताबास नै म त एउटा सडेको जनावर भए,घरमा भने मेरा फुल जस्ता छोरा र छोरी छन तिनको माया लाग्छ आफ्नो गाउ घर तथा प्यारो नेपालको माया लाग्छ तर अधेरा कोठाहरुमा टोलाई रहेको छु,अदालत ले भन्छ तेरो दुताबास बाट केहि फाईल लेउ तब काम हुन्छ तर मसंग भने न त नम्बर नै छ न त केहि सम्पर्क नै  म बिलिन छु/हुन त म एउटा गाउ को कुना को मान्छे भएर होला कसैले चिन्दैन तर माननिय प्र.म ले चिन्नु हुन्छ,थबांग,मलाई आश पलाएर आएको छ हजुर को बोली ले जब खाडी मुलुकमा रहेका कैदी हरुलाई निकाल्छु भनेदेखि अब मैले पुनरजिबन पाउछु कि भनेर/माननिय प्र.म ज्यु,बिनति गर्छु ,म जेलमै सढन चाहदैन प्र.म ज्यु कतैकतै आश हरु आउदै छन कतै प्र.म ज्यु को भाषनले नै मेरो जिबन त बच्दैन भनेर ,म के गरु अदालतले फैसला त सुनाएको छैन तर को संग सम्पर्क गरु म दुताबासमा त को कहा छ थाहा नै छैन सायद मलाई सडेको हेर्न चाहान्छ कि न कहिले हेर्न आउछ त न कहिले समपर्क नै ९/९बर्ष भइ सक्यो  म सडिसके म बॉचेर फर्कन चाहान्छु तर रातो बाकसको पर्खाइ त गरेको छैन होला सरकारले /तर हजुर प्रति बिश्वास छ ,हजुर सॉचिक्कै राष्ट प्रेमी हुनूहुन्छ/प्र.म ज्यु हजुर सॉच्चिक्कै नेपाल र नेपाली पर्ति उत्तरदायी हुनुहुन्छ,र मेरो पिडालाई पक्कै पनी ध्यान दिनुहुनेछ/कठै बरा प्र.म ज्यु कति अभागी रहेछु म स-साना कोपिला छोरीछोरी  घर परिवार छोडेर प्रदेशिएर बिदेशी भुमीमा अल्पायु मै फॉसी चडनु पर्ने कुन कर्म लिएछु होला/अन्तत:हजुरले पककै पनी पुनरजिवन दिनुहुनेछ बिश्वास बोकेको छु जसरी पनी ध्यानाकर्षन हुनेछ मलाई यो कालोकोठारी बाट पक्कै पनी मुक्ति दिलाउनु हुनेछ,र सम्भव नभए मेरो जन्म भुमी पाईला राख्ने सपना पुरा होला नहोला तर म यहि जेलमा सडेर गएपनी मेरो देश बॉचीरहोस र नेपालीहर पनी स्वदेशमै रोजगारदाता भइ बसुन, म जस्तै खाडिको जेलमा नसडुन भन्दै मेरो अन्तिम इच्छा आफ्नो देशमा पाईला टेक्ने भएको हुदा नेपाल सरकार तथा सम्पुर्ण नेपाली दाजुभाई तथा दिदीबहिनी मा यो कालोकोठारी बाट आशुले लेखेको पत्र पेश गर्दै बिदा हुन्छु !नमस्कार/
उहि अभागी:पन्च बहादुर रोका मगर,कालोकोठारी हायल सेन्टर जेल ,साउदी अरब/


Labels: ,

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.