रामचन्द्र तिमिल्सिना बचाउ अभियानमा नुवाकोट सेवा समाज दोहा कतारद्वारा आर्थिक सहयोग ।
"सेवा नै धर्म हो " भन्ने मूल नाराका साथ सन् २००६ मा स्थापना भइ विभिन्न किसिमको सामाजिक तथा मानवीय कार्यहरुमा सक्रियाका साथ सहयोग गर्दै आयको यस नुवाकोट सेवा समाज दोहा कतारले यस्तै मानबिय कार्य गर्ने क्रममा काभ्रे स्थायी घर भई बैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब स्थित जाविराह सिमेन्ट कम्पनिमा कार्यरत, रामचन्द्र तिमिल्सिनाद्वारा चलाइएको सवारी साधनले सोहि कम्पनिमा कार्यरत पाकिस्तानी नागरिकको मृत्यु हुन गएको र , साउदी अदालतले वहाँलाई दोषी ठहर गरी बिगत केहि महिना देखि साउदी स्थित सेन्ट्रल जेलमा बन्दि जिवन बिताई रहेका र साउदी अदालको निर्णय अनुशार निज रामचन्द्र तिमिल्सिनाले पिडित पक्षको परिवारलाई ब्लड मनि सोरुप एक लाख विस हजार साउदी रियाल भुक्तानी गर्न सकेको खण्डमा वहाँलाई मुक्त गर्न सक्ने जानकारी अनुशार यस नुवाकोट सेवा समाज दोहा कतारले ०५ अगष्ट, २०१६ सुक्रबरको दिन देखि रामचन्द्र तिमिल्सिना बचाउ अभियान संचालन गरि १३ अगष्ट २०१६ सम्ममा रामचन्द्र तिमल्सिनाको सहयोगको लागि संकलन गरेको सम्पूर्ण रकम कतारी रियल २,६३२/- ( नेपाली रुपया ७६,५९०/-) रामचन्द्र तिमल्सिनाको सहयोग संकलनार्थ राहात र उद्धार ब्यबस्थापन समितिको नामना राष्ट्रिय बाणिज्य बैंक धुलिखेलमा खोलेको संयुक्त खाताको खाता न. 104001280001 मा आज १४ अगस्टको दिन पठाई दियको कुरा सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
साथै रामचन्द्र तिमिल्सिना बचाउ अभियानमा सहयोग गर्नु हुने सम्पुर्ण सहयोगी दाताहरूमा कृतज्ञाता प्रकट गर्दै आफ्नो दैनिकि कम्पनीको कामको बापजुत पनि आफ्नो अमूल्य समय दिएर सहयोग संकलन अभियानमा अहोरात्र खट्नु हुने अभियानकर्ताहरू प्रति संस्थाको तर्फबाट हार्दिक आभार तथा धेरै धेरै धन्यवाद ब्यक्त गर्दछौ।
हरि कृष्ण रिमाल
अध्यक्ष
नुवाकोट सेवा समाज दोहा कतार परिवार ।
(जानकारी-बालकृष्ण गिरि बाट)
अध्यक्ष
नुवाकोट सेवा समाज दोहा कतार परिवार ।
(जानकारी-बालकृष्ण गिरि बाट)
[नोट:-आवस्यक रकम उठिसकेको तथा रकम उठाउन बन्द गर्न पनि अनुरोध गरियको छ।]
Post a Comment