देशका ३१ वटा जिल्लामा एक रुपैयाँ अभियान शुरु

नवलपरासीमा एक रुपैयाँ अभियान

ज्ञानु पंगेनी
ईलाका प्रशासन कार्यालय कावासोतीका शाखा अधिकृत टिकाराम वाग्ले खुत्रुकेमा रकम जम्मा गर्दै नवलपरासी । हिंसामा परेका महिलालाई न्याय दिलाउन महिला अधिकारको क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थालाई प्रहरी प्रशासन एवम् अदालतसम्म धाईरहनुपर्छ, जसका लागि आर्थिक समस्या हुने गर्दछ।

संस्थासँग बजेट अभाव हुन्छ संस्थामा नेतृत्व लिएकाहरूले आफ्नै खल्तीबाट खर्च गरेर महिला हिंसाका घटनामा काम गरिरहनुपर्ने बाध्यतालाई मध्यनजर गर्दै महिला अधिकार मञ्चले नवलपरासीमा पनि एक रुपैयाँ संकलनको अभियान थालेको छ।

यो अभियान नवलपरासीसहित देशका ३१ वटा जिल्लामा यो अभियान सुरु भएकोे महिला अधिकार मञ्च नवलपरासीकी अध्यक्ष कल्पना विन्दु गौतमले जानकारी दिईन्।अभियान अन्तरगत महिला अधिकार मञ्चको जिल्ला ,नगर समिति तथा वडा समितिमा प्रत्येकलाई एउटा खुत्रुके प्रदान गरिएको छ। जसमा महिला अधिकार मञ्चका प्रत्येक सदस्यले दिनको एक रुपैयाँ जम्मा गर्ने गर्दछन्।नवलपरासीमा मञ्चका २५ सय सदस्य रहेको अध्यक्ष गौतमले बताईन्।

यसरी दिनको एक रुपैयाँ जम्मा गर्दा पनि दिनमा २५ सय रुपैयाँ नवलपरासीमा मात्रै जम्मा हुने हुँदा र देशभरमा मञ्चका ५९ हजार सदस्य रहेकाले दिनमा देशभरमा ५९ हजार रुपैयाँ एक दिनमा जम्मा हुने हुँदा आर्थिक समस्या नपर्ने भएकाले यो अभियानको सुरु गरिएको गौतमको भनाइ छ।

रकम जम्मा गर्न सदस्यहरू दिनकै जम्मा हुन सम्भव नभएकाले अभियान अन्तरगत नवलपरासीमा सबैको अनुकूल मिलाएर १५ दिन अथवा एक महिनामा एक पटक जम्मा हुने र सबैले दिनको एक रुपैयाँका दरले रकम जम्मा गर्ने गरिएको महिला अधिकार मञ्च नवलपरासीकी सचिव आशा बोटे बताउँछिन्।यस्तै जिल्लामा महिला अधिकार मञ्चले गर्ने कार्यक्रममा पनि सो खुत्रुके राखेर अभियान बारे जानकारी गराउने र सहभागीबाट जति सक्छन् त्यति सहयोगका लागि खुत्रुकेमा जम्मा गर्न आग्रह गर्ने गरिएको समेत बोटेले जानकारी दिईन्। यस्तै अब छलफल गरि मञ्चको मात्रै कार्यक्रममा नभई मञ्चका सदस्यलाई बोलाईएका हरेक कार्यक्रममा खुत्रुके लैजाने र सहभागीबाट रकम संकलन गरिने लक्ष्य समेत आफूहरूको रहेको बोटेको भनाई छ।

‘महिला अधिकारको क्षेत्रमा काम गरिरहँदा दिनहुँजसो महिला हिंसाका घटना संस्थामा आउने गरेको र पीडित महिलालाई न्याय दिलाउन सम्बन्धित निकायसम्म पुग्न यातायात , कहिले खाना नास्ता , कागजपत्र टेलिफोन जस्ता कुरामा खर्च गर्नुपर्ने हुन्छ जसका लागि कहिले कुनै संघसंस्था कहिले कुनै व्यक्ति त कहिले आफैँले खर्च गर्नुपर्ने बाध्यताको अन्त्य गर्न यो अभियानले सघाउने विश्वास छ’ मञ्चकी अध्यक्ष गौतम भन्छिन्।

यसरी जम्मा भएको रमक जिल्ला समितिको रोहबरमा वैङ्कमा खाता खोलेर जम्मा गरिने समेत गौतमले बताईन्।

साभार: Best Media को अनलाईन पत्रीका www.hulakionline.com बाट

Labels: ,

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.