"पवित्र बन्धन " विवाह" कसैको पनि जिवनमा अभिशाप नबनोस"
देख्ने वित्तिकै डाको छोडेर अंगालो हालिन मायाले ।कपिलबस्तु कृष्ण नगर छेउकि माया रिजालका श्रीमान भारतमा होटलमा काम गर्न गएका थिए फर्कदा अर्की श्रीमती लिएर आए । मायालाई घरनिकालेर गाँई गोठका राखे । कुटपिट गरे, खान लाउन दिएनन, सौताले खुट्टाले बचन लाउदै दिएको चिसो दाल भात कसरी कति दिन खानु र मायाले । एक छोरा एक छोरीकि आमा माया लाई श्रीमान र सौता मिलेर मार्न पनि प्रयाश नगरेका होईनन । छैनन भन्दा उनका ५ वटी दिदी बहिनी, एक दाई , बाबु आमा सबै छन माईतीमा पनि । आफुलाई घरमा गरेको अत्याचार कुटपिटले जिउ धेरै दुःखेको , निलडामहरु देखाईन तर माईतीबाट पनि सुनाई केहि भएन ।
आज भन्दा ६ दिन अगाडि आफना छोरा छोरी लिएर माया गोठ बाट भागीन । काहाँ जाने ? के खाने ? के लाउने ? केहि थाहा छैन उज्यालो हुदा बस चडने ठाँउमा पुगिन । ३ वटा बस फेरेर कताको बस जाने जाने दोमन हुदै हुदै आउदा काठमाण्डौ आईपुगिन । एउटा कम्मरमा एउटा पछाडि पिठयुमा छोराछोरी बोकेर रुदै, माग्दै हिडीन यो शहरमा माया । जादा जादै डिल्ली बजार कालिका स्थानमा पुगेर ३ रात सडक पेटीमा रात विताईन त्यहि नजिकै मकालु प्रकाशनको अफिस तथा पुस्तक पसल छ । उहि पसलको बासु दाईले दिक्षा तिमी जहाँ भए पनि एकछिन कालिकास्थान आउ भन्नु भो म र Yugel Sherpa भाई तुरुन्तै पुगियौ । मलाई देख्ने वित्तिकै डाँको छोडेर रुदै अंगालो हालिन । मेरो कोहि छैन दिदी भन्दै बलिन्द्र आँसु झार्दै श्रीमान र सौताले कुटेका निल, डाम, घाउहरु देखाईन । नरोउ भनेर आँसु पुछिदिए, बासु दाईले Taxi बोलाई दिनु भो मैले डोरयाएर गाँडीमा हालेर लिएर आए हाम्रो परोपकारी घरमा ।
हाम्रो परिवार संख्या अब ४५ भएको छ । २०७३ सालको तिजको दर खाने दिनको ठिक एक दिन अगाडिको मायाको जिवनको यो घुम्तीले हामी नेपाली आमा दिदी बहिनी दाजुभाईहरुलाई गतिलो पाठाशाला बन्ने छ ।
जिवन निकै सुन्दर छ जिउन जानेमा नजानेमा निकै भयावह र दुःखपुर्ण पनि छ ।
मेरो एउटैमात्र भनाई मायाहरु यसरी खुल्ला आकाशमुनि भोक्कै तिर्खै, आँखामा आँसुका धारा लिएर जिवन सँग हारेर बाँच्नु हुदैन । जिवन त जितको लागि हो हारको लागि हुदै होईन । उद्धारमा सघाउ पुरयाउने सबैलाई धन्यवाद छ ।
माया तिमीलाई जिवनभर हेरविचार गर्छु , गाँस कटाएर भए पनि खुवाउछु , तिम्रो आँसु पुछने छु , छोरा छोरीलाई विधालय पठाउछु । आज तिजको को दरखाने दिन सबैलाई Happy Teej भन्न चाहान्छु ।
दिक्षा चापागाई, पवित्र समाज सेवा नेपाल , धाँपासी १०, काठमाण्डौ, नेपाल । फोन ः ९८५१०६००८६
Post a Comment