ब्रेन ट्युमर भयका मोरङको बेलबारी ४ का १२ बर्षीय बालक सलिम धिमालको उपचारमा सहयोग गर्न अनुरोध

मोरङको बेलबारी ४ का १२ बर्षीय बालक सलिम धिमालको उपचारमा सहयोग गर्न अनुरोध
इटहरी / 
ब्रेन टयुमर भएपछि उपचार खर्चको अभाबमा अस्पतालमा मृत्यु सँग जुधिररहेका समाचार बिभिन्न सञ्चारमाध्यायमहरुमा प्रकाशित भएपछि उनलाई सहयोग रकम जुट्न थालेको हो । खर्च अभाबमा उनको उपचार गर्न कठिनाई भएको समाचार प्रकाशित भएपछि उनी अध्यायनरत बेलबारी ४ को शिक्षा सन्देश इंग्लिस स्कुलले सम्पुर्ण शिक्षकहरुको एकदिनको तलब बापतको रकम र बिद्यार्थीहरुले खाजा खर्च कटाएर १ लाख रुपैया सहयोग गर्ने भएको छ । त्यस्तै बेलबारी ४ स्थित कबिर माध्यमिक विद्यालयका विद्यार्थीहरुले नास्ता खर्च बचाई सलिम धिमालको स्वास्थ लाभको कामना गर्दै सलिमको उपचारार्थ सहयोग स्वरुप १० हजार ९ सय ६० रुपैयाँ लालभित्ती युवा समुहलाई हस्तान्तरण गरेका छन् भने अन्य आसपासका विद्यालयका विधार्थीहरुले पनि आ आफ्नो विद्यालयमा सहयोग संकलन शुरु गरेका छन् । स्थानीय स्तरमा पनि लालभित्ति युवा समुहले रकम संकलन गरिरहेको छ । उनको उपचारका लागी खोलिएको खातामा अहिले सम्म ३ लाख भन्दा बढी रकम संकलन भएको छ भने बिदेशबाट पनि रकम संकलन भइरहेको छ । त्यस्तै सिटी सफारी संघ बेलबारीले पनि उनको उपचारका लागी ७ हजार ३ सय रकम सहयोग समितिलाई हस्तान्तरण गरेको छ । त्यस्तै मोरङ सुनसरी सेवा समाज कुवेतले पनि कुवेतमा सहयोग संकलन अभियान सुरु गरेको छ । धिमालको अबस्था सामान्य हुन थालेको जानकारी प्राप्त भएको छ । उनी सामान्य हात सम्म चलाउने सक्ने भएको परिवारिक स्रोतले जनाएको छ ।

सहयोग संकलक :- योगेन्द्र योगि
पुर्बेली न्युज
फोन नं. : 9862066939 , 009779862066939

जानकारी :- लक्ष्मण रसाईलि बाट ।

Labels: ,

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.