बुबालाई पत्र लेख्दै ९ मा पढ्ने बिशालले गरे आत्महत्या ! [सुसाइट नोट सहित]

बुबालाई पत्र लेख्दै ९ मा पढ्ने बिशालले गरे आत्महत्या !  [सुसाइट नोट सहित]

बुटवल ,भदाै २७
-बुटवल ११ कालिकानगर टिचरपथमा अस्थायी रुपमा बस्दै आएका १५ बर्षिय बिशाल भुसालले बुबालाइ चिठि लेख्दै आत्महत्या गरेका छन्  । उनले आफ्नै रुमको पङ्खामा बेडको तन्नाले घांटीमा पासो लगाएर ज्यान फालेका हुन् । बाग्लुङ बुर्तिबाङ १ मा स्थायी घर भइ बिगत ४ महिनादेखि बुटवलमा बाबु नरहरि भुसालसंग बस्दै आएका थिए ।  बिशाल बुटवलको कालिकानगरमा रहेको कालिका उच्च माबि कक्षा ९ मा पढ्दै आएका थिए । उनले सुसाइट नोटमा लेखेका छन्—‘म मरेको दोष अरु कसैलाइ नदिनु मेरै कारणले मरेको हुं ।’ ‘म मरेपनि भाइ र बहिनी ज्यूदै छन् भाइलाइ इलेक्ट्रिक इन्जिनियर,बहिनीलाइ डाक्टर बनाउनू ’ ।उनका बुबा बिजुलीको वाएरिङ गर्ने काम गर्छन् ।

उनी डेढ महिनाअघिदेखि बिभिन्न जिल्लामा बिजुलीको कामका लागि गएका थिए । बिशाल भने अहिले एक्ले रुममा बस्दै आएका थिए । बिशालकी आमा भने बुबासंग डिभाेर्स गरेर गएकाे धेरै बर्ष बितिसकेकाे बताइएकाे छ । आत्महत्याबारे प्रहरीले थप अनुसन्धान थालेकाे बुटवल प्रहरीले जनाएकाे घटनास्थलमा पुगेका प्रहरी नायब निरिक्षक श्यामबहादुर पुनले बताए । उनले बुबालाई बिहे गरेर भाइबहिनीकाे संरक्षण गर्न सुझाब पनि दिएका छन् ।

साभार:-बेस्ट मिडिय प्रा.लि. को हुलाकी अनलाईन बाट पत्राचार तथा सम्पर्कको लागि           www.hulakionline.com                                Email:-bestmedia2073@gmail.com     Phone:-009779857041698, 009779857040522

Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.