अति भो बुद्धि फिराउ, हे नारीजन चेली। इतिहासमा सिमित होला, तिम्रो तिज पर्व भोलि।

दरको नाममा पिउन,
थाले बोतलको दारु।
चाडपर्व बिकृत भो,
यहाँ लौन कसो गरु।।
.
हराइ गए संस्कृती र,
तिज चाडको मर्म।
रत्याउलिकै गित हुन्की,
सुन्दा लाग्छ सर्म।
.
मिनिस्कटमै नाच्ने गाउने,
तिजमा आजभोलि।
कुन दुलोमा थाहा छैन,
खै फरिया र चोली।।
.
दर खाना मै महिनौ,
देखि तिम्रो चुरिफुरी।
गहनाको सो ले गर्दा,
दाग्न थाले छुरी।।
.
तिजको नाममा छाडातन्त्र,
देख्दा तात्छ कन्पारो।
संस्कृतिलाई हन्दै छ,
आज तिजले बन्चरो।
.
अति भो बुद्धि फिराउ,
हे नारीजन चेली।
इतिहासमा सिमित होला,
तिम्रो तिज पर्व भोलि।

- गोले जनक

Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.