ऐतिहासिक राेल्पा सुलिचाैर धार्मिक एवं शैक्षिक महाेत्सव २०७३ लाइ रोल्पा जलजला सेवा समाज दोहा कतार द्वारा आर्थिक सहयोग।

ऐतिहासिक राेल्पा सुलिचाैर धार्मिक एवं शैक्षिक महाेत्सव २०७३ लाइ रोल्पा जलजला सेवा समाज दोहा कतार द्वारा आर्थिक सहयोग।

चोम बिष्ट 
दोहा कतार ।
ऐतिहासिक रोल्पा सुलिचौर धार्मिक एंवम शैक्षिक महोत्सव २०७३ असोज ५ गते देखि १२ गते सम्म भैरहेको हुदा यस प्रवास मा रहेको रोल्पालिहरुको साझा संस्था रोल्पा जलजला सेवा समाज दोहा कतार ले यसै संस्थाका अध्यक्ष बसन्त थापा को अध्यक्षता र यसै संस्थाका सल्लाहकार संयोजक सुर्य बहादुर बिक को संयोजकत्व मा र यसै संस्था का सम्पुर्ण कार्यसमिति सदस्यहरुको एकता मा  सुर्योदय माध्यमिक बिधालय सुलिचौर रोल्पा ले संचालन गरेको ऐतिहासिक रोल्पा सुलिचौर धार्मिक एंवम शैक्षिक महोत्सव २०७३ का लागि यस संस्थाको तर्फबाट नेपालि रु २५०२५।- आर्थिक सहयोग गरेको छ।
जसमा यसै संस्था को पुर्व प्रथम उपाध्यक्ष पदमा रहनु भएका गोपाल केसि ले उक्त कार्यक्रम सभालाइ हस्तान्तरण गर्नु भयो ।
रोल्पा जलजला सेवा समाज ले यस्तै यस्तै कार्य अनि सेवामा सहयोग गर्दै आइरहेको छ। यस संस्थाले बिगत देखि नै भइ परि आइपर्ने समस्या अनि अकल्पनिय घटने घटना हरुलाइ मलम पट्टि केहि सहयोग साथ गर्दै आइरहेको हुदा यस संस्था ले आपत बिपत को समय मा एकआपसि सहयोग अनि सहकार्य को लागि सदैव अगाडि बढिरहेको हुदा यस संस्था मा आबद्ध रहि समाबेस हुन को लागि रोजगारको सिलसिलामा  यस दोहा कतारमा  कार्यरत साथै सघं संस्था मा आबद्ध रहनु भएका  समाजसेवि,बुद्धिजीवि, व्यवसाहिक, पत्रकार,कलकार  सम्पुर्ण  प्रवासि रोल्पालि दाजुभाइ तथा दिदिबहिनिहरुमा पनि हार्दिक स्वागत गर्दछ।
रिपोर्टिङ
लक्ष्मण रसाइली ।

Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.