प्रदेशी छोरोको आमा लाई चिठी
आमा कहिले कुबेतमा नेपाली चेली साहुको दुव्र्यवहार बाट चित्कारियको समाचारले भक्कानियर रुन्छु.. त आमा कहिले साउदीमा नेपाली छोरी निलडाम हुने गरि पिटिएको खबरले भाबबिहाल बनी रुन्छु त आमा कहिले दुबईमा नेपाली दाजुभाइ डुयुटी मै हुदा गोलि र खुकुरी प्राहार बाट मुर्छित बन्दै ढलेको खबरले भक्कानिदै रुन्छु ..त आमा कहिले मलेसियामा नेपाली दाजुभाइ दिदीबहिनीहरु त्यहाँका मले जाती गुन्डा बाट छुरा प्राहार बाट सडकमा छट्पटीरहेको खबरले मुटु पोलेर रुन्छु... आमा यस्ता दैनिक दर्दनाक नेपाली माथीको घटनाले यो शरीर काम्छ आमा हातखुट्टा तेसै लर्खरिन्छन अनि भगवान लाई गुहार दै सकि नसकी भय पनि डियुटी जानै पर्छ र जान्छु ..आमा कति दुखी बाध्यता बिभस जिबन रहेछ है हामी नेपालीको.. आउछन् आमा तिनै घटना झलझल्ती आँखामा अनि फेरि आँसु थामिदैनन र रुन्छु... तेस्तै सपनीमा दर्दानक घटना देख्छु र आमा सपना मै छागा बाट खसे झै हुन्छु र फेरि तेहि सपना सम्झियर भक्कानिदै रुन्छु आमा भक्कानिदै रुन्छु ~चेतन राज भण्डारी ~
Post a Comment