हरेक ब्यक्ति का महान सपनाहरु प्रदेश मै खेलिरहेका छन।त्यस्तै आ आफ्ना त्याग तपस्या बाध्यता र बिबशता पनि त्यतिकै छन।घर बाट आ आफ्नो परिवार समाज र आफ्नो देश लाई छोडेर कर्म भुमी प्रदेश भयको छ।विश्व को जुन सुकै कुना मा भय पनि स्वदेश का चाड पर्व रहन सहन मा रहन कठिन नै हुन्छ।त्यस्तै हिन्दु हरु एबम आम नेपाली को महान पर्व बिजया दशमी तथा सुभ दिपावली नजिकै आय संगै स्वदेशमा रंगीचंगी फरक नै छ तर परदेश मा भने परदेशी का लागि न दशै न तिहार।गाउँ घर,साथी संगी,आफन्त तथा स्वदेश को माया न लाग्ने भन्ने सायद कसै मा नहोला।हरेक समय स्वदेश कै याद मा घुमे पनि ती याद हरु केवल सपना मै छन।दशै आउँछ तिहार आउँछ घर फर्कन मन लाउछ तर हरेक बाध्यता र बिबशता परिन्छ ।प्रबाश मा कर्म थलो बनाएर कार्यरत भयपनी विभिन्न समस्या र बाध्यता ले घर फर्कन गार्हो हुन्छ।आफ्ना ती महान सपना लाई सफल पार्न का निम्ति पनि आफ्नो त्यो घुमन्ते स्वदेश, को याद सहित को मुटु शान्त गरि मन बुझाइ बस्नु परेको छ।याद छन सबै लाई, ती आमा बुवाले दियका आशिर्वाद रातो टीका जमरा गाउँ मा ति मखमली माला लगाएका याद,आमा बाबा का आशीर्वाद ,लागायत ती दशै तिहार का रमाइला दिन रमाइला क्षण।घर मा पनि आश गरेर बसेका छन होला ती कसैका श्रीमती हरु,कसैका छोरा छोरी त कसैका आमा बुवा।भन्छन होला मेरा प्यारा फर्कनु ,छिटो फर्कनु त छोराछोरी ले बाबा छिटो फर्कनु भन्न्छन,त परदेश मा भने ती घर फर्कने दिनहरु सपना सिमित भयका छन।प्रदेश मा भने कोहि महिनौ देखि तलब नपाएर अलपत्र हुनु हुन्छ त कोहि घर जान चाहेर पनि जान ब्यब्स्था नभएर नै मन शान्त पारेर बस्नु भयको छ।जे जस्तो भय पनि कोहि न कसैलाइ एक न एक बिबशता ले छोयकै छ।घर मा गएर आफ्नो घर परिवार साथिसङी मा रमाउने मन को संग नहोला र।तर परदेश मा यस्तै रहेछ।न दशै न तिहार ।तर ठिकै छ जो जहाँ सुकै भयपनी हासी खुसी रहनु छ,यो साल जान न पाए पनि अर्को साल पक्कै पनि फर्कने छौ।परदेश बाट स्वदेश फर्कने चाय्हान कसमा पो नहोला र तर यी प्रबाशी भुमी का पिडा र बिबशता धेरै पलाएका छन तर अर्को सालमा त पक्कै पनि फर्कने छौ।घर देश का आ आफ्ना आफन्त लाई पनि खुसी राखौ।परदेश बाट नै गाउँ घर प्रती पलाएक ती याद अनि माया का पुस्प हरु परदेश बाट नै स्वदेश मा बाडाै।जो जहाँ जुन सुकै ठाँउ स्तिथी मा भयपनी खुसी रहौ।खुसी राखौं ।त्यही नै हाम्रो खुशी हुने छ।परदेश मा आम प्रबाशी का लागि न दशै न तिहार यस्तै हो।र प्रबासी भुमी जहा सुकै रहनु भयका प्रबासी दाजु भाइ दिदी बहिनी ,तथा स्वदेश मै रहने आमाबुवा दाजु भाइ दिदी बहिनी ,साथी संगी सम्पुर्ण मा बिजया दशमी तथा शुभ दिपावली को अबशरमा सुख शान्ति ,समृद्धि एबम दिर्घायु को हार्दिक मंगलमय शुभकामना।
लक्ष्मण रसाइली "प्रदेशी को रैबारे"
जाजरकोट ।
हाल:प्रबाशी भुमी दोहा-कतार।
Post a Comment