April 13, 202505:54:36 PM

परदेशमा कोहि  रामबहादुर ले मदिरा सेवन गरेर झगडा गरे, उसको बेइज्जत हुदैन, अनि कोहि सीता, रिताले इज्जत फ्याके तिनको मात्रै इज्जतमा दाग लाग्दैन। नेपाली ,राहदानी भिरेर पराई मुलुक छिर्ने बित्तिकै , तिनै रामबहादुर को जाड कुर्लाईमा,सिङ्गो नेपाल जड्याहा कहलिन्छ।अनि ती सीता, रिताको सस्तो रमाइलोमा देश नाङ्गिन्छ। नेपाल उदाङ्ग हुन्छ।

परदेशमा प्रत्येक नेपालीले जे गर्यो, जस्तो चालचलन देखायो, त्यो हाम्रो सस्कृती परम्परा हो कि भन्ने भ्रान्ती त्यो नौलो देशका मानिसहरूलाई पर्दछ।।हामिले हाम्रो सस्कृती अनि परम्परा जुन रुपमा प्रस्तुत गर्यो त्यही अनुरुप हाम्रो सास्कृतिक छाप छोड्न सक्छौ।
दशै हाम्रो सस्कृती हो। हाम्रो परम्परा अनि हिन्दु हरुको धरोहर हो।असत्य माथी सत्यको बिजयको प्रतीक, हाम्रो दशै परम्परा अरु हिन्दु हरुको भन्दा पृथक छ। अग्रज का हात बाट टीका र जमरा अनि आशीर्वाद थाप्ने हाम्रो सस्कृती विश्वमै अतुलनीय छ।

दशै हामी नेपालीहरूको प्रमुख चाड मानिन्छ । राष्ट्रिय चाड समेत मनिने दशैँ(नवरात्र) हिन्दु धर्मवलम्बीहरुले आश्र्विन शुक्ल प्रतिपदादेखि नवमी सम्म(नवरात्रभर)शक्तिको आराधना गरी दशौं दिन विहान दशमीका दिन टीका-प्रसाद ग्रहण र विशेष रुपमा पुर्णिमा सम्म (प्रसाद ग्रहणका लागि)मनाउने गर्छन्। आश्विन शुक्ल प्रतिपदा (घटस्थापना)मा जमरा राखी नवमीसम्म नवरात्र विधिले प्रत्येकदिन फरक देवीहरूको पूजा हुन्छ|प्रतिपदादेखि क्रमशः शैलपुत्री, ब्रह्मचारिणी,चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता,कात्यायिनी, कालरात्री,महागौरी,सिद्धिदात्री गरी नवदुर्गाको पूजा गर्दै सप्तशती(चण्डी) पाठ गरी नव दुर्गा र तृशक्ती महाकाली, महालक्ष्मी र महासरस्वोतिको विशेष पूजाआजा र आराधाना गरिन्छ । विजयादशमीको दिन भगवतिले दानवी शक्तिमाथी र रामले रावनमाथी विजय हासिल गरेको उपलक्ष्य र खुसीयालीमा नवदुर्गा भवानीको प्रसादस्वरुप रातो टिका र जमरा लगाउने चलन छ । (असोज) महिनाको शुक्ल पक्ष दशमी तिथिको दिन यस पर्वको प्रमुख दिन हो । किम्वदन्ती अनुसार भगवान् रामले यसै दिन रावण को वध गरेका थिए । यसलाई असत्य माथि सत्यको विजयको रूपमा लिईन्छ । यसकारण, यस दशमीलाई विजया दशमी भनिएको हो। वरपरका मानिसलाई समेत सजिलो होस् भन्ने हेतुले यो कार्य पूणिर्मा सम्म गरिन्छ । आफ्ना नाता कुटुम्ब ठुला बडा र मान्यजनबाट टिका तथा जमरा लगाउने र आशीर्वाद प्राप्त गर्ने नयाँ नयाँ कपडाहरू लगाउने, आफ्नो क्षमताअनुसार मिठो खाना खाने-ख्वाउने, घर आँगन, बाटोघाटो, गाँउ बस्ती सफासुग्गर राख्ने जस्ता काम यस चाडमा विशेष उत्साहका साथ गरिन्छ ।त्यसैले बिश्वको जुनसुकै कुनामा पुगेपनी दशैले सारा नेपालीलाई देश सम्झाउछ, परिवार सम्झाउछ।सकभर बिदा मिलाएर नेपाल फर्कन हौस्याउछ।
तर जो घर फर्कन सक्दैनन्,उनीहरु समुहमा मिलेर दशै मनाउछन।रमाईलो गर्छन।केहीबेर देश सम्झन्छन् ।

हिजो कसैले फेसबुकमा पोस्ट गरेको ,लालिगुराँस सास्कृतिक परिवार कुवेतको दशै धमाका कार्यक्रम हेर्न पाइयो।व्यस्त परदेशी जीवनमा केही बेर केही समय पर्व सम्झाउने अनि एकजुट बनाउने त्यो कार्यक्रम प्रसंशायोग्य छ।तालीयोग्य छ।
तर त्यो कार्यक्रमको केही प्रस्तुतिमा मेरो थोरै आपत्ती छ,।दशैको आगमन सङै सुरु हुने ,दशै शुरु भएको भान गराउने मंगल् धुन अनि हाम्रा दुर्गा स्तुति को ठाउमा अर्धनग्न युवती को उत्तेजक नाच देखाएर दशै पर्व मनाउनु अलि आपत्तीजनक लाग्यो मलाई।
उनको पोशाक चयन ,नृत्य उनको व्यक्तिगत स्वतन्त्रताको विषय हो।हामिले त्यसमा आपत्ती जनाउन मिल्दैन। धेरै मित्रहरुले नृत्याङना लाई अस्लिल भद्दा गालि गरेर आफ्नो असन्तुष्टि व्यक्त गरे, मेरो बुझाइमा यो सबमा ती अर्धनग्न नृत्याङना भन्दा आयोजक स्वयं दोषी छन।एकोहोरो ती महिलालाई गाली गर्नु पक्षपाती हुनु हो।
परदेशमा दशै कार्यक्रम भनेर ,दशै विशेष कार्यक्रम भनेर त्यो किशिमको कार्यक्रम लाई आफ्नो सुचिमा राख्नु आयोजकको कमजोरी हो। हामी नेपाली हरुको हजारौ ,बिदेशी मित्रहरु सामाजिक संजालमा आवद्ध छन अनि कुवेतमै जन्मिएका नेपाली बालबालिका हरु छन, उनीहरु सबले दशै भन्ने बित्तिकै अर्धनग्न नाच हो भन्ने बुझ्ने गरि प्रस्तुत गरेको दशै कार्यक्रम प्रती मेरो आपत्ती हो।वयस्क हरुका लागि रमाइलो गर्ने कार्यक्रममा कसैले नग्न भएर नृत्य गर्छन भनेपनी त्यो सबमा कसैले टाउको दुखाउनु पर्दैन तर  नेपाली सस्कृती अनि रास्ट्रीय पर्वका नाममा अस्लिलता पस्कनु कदापी मनासिब होइन।

हामी सबै परदेशी नेपाली, रास्ट्रका दुत हौ।हाम्रा चालचलन अनि प्रस्तुतीकरणले परदेशमा हाम्रो देश चिनाउछ , सस्कृती चिनाउछ।दशै हाम्रो चिनारी हो। हाम्रो गौरव हो।

अनि बिर्सन नहुने कुरा,
परदेशमा कोहि  रामबहादुर ले मदिरा सेवन गरेर झगडा गरे, उसको बेइज्जत हुदैन, अनि कोहि सीता, रिताले इज्जत फ्याके तिनको मात्रै इज्जतमा दाग लाग्दैन।
नेपाली ,राहदानी भिरेर पराई मुलुक छिर्ने बित्तिकै , तिनै रामबहादुर को जाड कुर्लाईमा,सिङ्गो नेपाल जड्याहा कहलिन्छ।अनि ती सीता, रिताको सस्तो रमाइलोमा देश नाङ्गिन्छ।
नेपाल उदाङ्ग हुन्छ।
- रजनी ढुङ्गाना

Post a Comment

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.