"नयाँ नेपाल होइन बेट्टर नेपाल बनाउने अभियानमा लागौँ ।"better nepal का अन्तरास्ट्रिय अभियन्ता ओम प्रसाद फुयाल संग गरियको कुराकानी।

"नयाँ नेपाल होइन बेट्टर नेपाल बनाउने अभियानमा लागौँ ।"better nepal का अन्तरास्ट्रिय अभियन्ता ओम प्रसाद फुयाल संग गरियको कुराकानी।
-अन्जनी कुमार अधिकारी।


साउदी अरबमा कार्यरत ओम प्रसाद फुयाल पेशाले Rental Division Manager हुनुहुन्छ । बिगत लामो समयदेखि  विभिन्न संघ सस्थाको नेतृत्व सम्हाल्दै आउनुभएका फुयाल कुशल समाजसेवी समेत हुनुहुन्छ।
नेपालमा हालै सुरु गरिएको Better Nepaal ले चर्चा बटुल्दै गर्दा फुयाल पनि यस  अभियानमा खुलेर लाग्नु भएको छ। BetterNepal को अन्तराष्ट्रिय अभियन्ताका रुपमा कार्यरत  फुयालसँग को सहयोग मा  समाचारदाता लक्ष्मण रसाइली ले  Better Nepaal को बारेमा फुयाल संग गर्नु भएको छोटो कुराकानी :

-के हो BetterNepal नेपाल अभियान ?
यो एउटा आमूल  परिवर्तनको सोच हो।  हालको देशको अवस्था ले धुर्वीकरण गरेको बाटोलाई मेट्ने र वास्तबिकता उजागर गरी बेटर नेपाल बनाउने अभियान हो। हामी कुनै बाहय रिमोटबाट संचालित नभई देशकै माटो र युवाबाट परिचालित अभियानमा छौँ। हाम्रो अभियान  नयाँ नेपाल होइन बेटर नेपाल बनाउँने अभियान हो।
-किन आवश्यक छ यो अभियान नेपालमा ?
वास्तवमा नेपालमा धेरै संघ सस्था खुले धेरै पार्टी खुले तर कसैले नेपाललाई बेट्टर बनाउनु पर्छ भन्ने सोच कहिल्यै राखेनन् । तपाईँ आफै भन्नुहोस्  नयाँ नेपाल बनाउने भनेको के हो ? कुन पुरानो नेपाललाई नयाँ बनाउने हो ? हाम्रो देश हालसम्म कसैको उपनिवेश भएर वा गुलाम भएर बसेको देश होइन नयाँ बनाउनलाई अब त देशलाई समृद्धिको बाटोमा लगेर बेट्टर नेपाल बनाउने हो ।तर, खोइ यो कुरा कसले उठाएको छ ? त्यसैले हामीले हाम्रो अभियान देशमा आमूल परिवर्तन गर्दै सोचहरू बदल्दै युवा शक्ति एक गराएर बेट्टर नेपाल बनाउने अभियानमा छौ।
-Better Nepal नेपाल अभियान भनिरहँदा तपाईको संकेतले त पार्टी जस्तो महसुस गराउदैछ नि ?
हामी कुनै पार्टी  होइनौँ र हाम्रो कुनै पार्टीसँग  दुश्मनी या सम्बन्ध पनि छैन । हामी नितान्त स्वचालित छौँ।  देशमा आमूल परिवर्तन जरुरी छ भन्दैमा कुनै अभियान पार्टी  हुँदैन।
-युवाहरूको नेतृत्वबाट देशमा आमूल परिवर्तन सम्भव छ ?
अवस्य पनि सम्भव छ । तपाई इतिहास हेर्नुहोस् विश्वका सबै परिवर्तन युवाद्धारा नै सम्भव भएको छ।  हाम्रो देशमा भने अहिलेसम्म युवामा केही चेतनाको कमी भनौँ या युवालाई प्रयोग गर्ने शक्ति, अभियानको खाँचो भएर हो युवा एक हुन सकेका छैनौँ त्यसैले पनि हाम्रो यो अभियानको आबश्यकता छ र युवा एक भए देशमा आमूल परिवर्तन सम्भव छ। 
-BetterNepal को मूल उद्धेश्य के हो ?
हाम्रो प्रमुख उद्धेश्य भनेको चरित्रवान् नेतृत्वको निर्माण हो । जो कुनै जात जाति ,भाषा, धर्म , विचार र अन्य कुनै कारणले विभाजित न रही  देशलाई समृद्ध  बनाउने प्रकृयामा आफ्नो ठाउँबाट सहयोग पुर्याउने  र व्यक्ति निर्माणको प्रकृयालाई हामीले तीन तवरले अगाडि बढाएका छौं । कला–साहित्य, सूचना  प्रविधि र  उत्प्रेरणा–परामर्श ।
-देशमा नेतृत्व पङ्त्तिमा युवा पुग्न कसरी सम्भव छ ?बताइदिनु न,
ठूला नेतृत्व गर्ने भनाउदाहरुको सोचमा परिवर्तन र युवा जगत मा भएको जागरुकताको सही प्रयोग गराउने नीति निर्माण गरे युवा नेतृत्व पङ्त्तिमा  पुग्छन् ।
-हाल तपाइँहरुको अभियानले कहाँ के काम गर्दै छ ?छोटकरी मा भनी दिनु न फुयाल जि,
अहिले हाम्रो अभियानले देशकै दुर्गम जिल्ला हरु का दुर्गम क्षेत्र हरुमा कुपोषणबाट मृत्यु को मुखमा पुगेका बालबालिकाको लागि आवश्यक औषधि, लत्ता कपडा र खाद्यान्न पुर्याउने कार्यलाई जोड दिएको छ। 
त्यसै गरि देश विदेशमा रहेका युवालाई अभियानमा समेट्ने कार्य गरिरहेको छ, देशका विभिन्न जिल्लाहरुमा अन्तरक्रिया कार्यक्रमहरु गरिरहेको छ।
-यो अभियानमा को को हुनुहुन्छ ?
हाम्रो यो अभियानमा राष्ट्र प्रेमले ओतप्रेत युवा शक्ति, जो कुनै जात जाति ,भाषा, धर्म , विचार र अन्य कुनै कारणले विभाजित नरही  देशलाई समृद्घ बनाउने सपना बोकेर आउनेहरु हाम्रो यो अभियानमा सामेल छन्।
-अन्त्यमा अभियानको बारेमा के भन्न चाहनुहुन्छ ?
अन्त्यमा सम्पूर्ण युवाहरुमा हाम्रो होइन राम्रो नेतृत्वको खोजी गर्दै, जात जाति ,भाषा, धर्म , विचार र अन्य कुनै कारणले विभाजित नरही एक भएर हाम्रो देशलाई Better Nepal बनाउन काधमा काध मिलाएर अगाडि बढ्न  आह्वान गर्दै देश तथा विदेशमा रहनु हुने सम्पूर्ण युवालाई हाम्रो अभियानमा आबद्ध भएर नयाँ नेपाल होइन बेट्टर नेपाल बनाउने अभियानमा  लागौँ भन्न चाहन्छु।
-धन्यवाद ।


Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.