मनै त ठुलो हो नी । संसारको जुन कुनामा बसेर पनि मन भए पछि सकिन्छ भन्ने कुरालाई सुजिता दिदीले प्रमाणित गरि दिनु भएको छ ।

मोबाईलमा फोन आयो जर्मनीबाट  Sujeeta दिदीले सामान पठाउनु भएको छ लिएर आउदै छौ , Location भन्नु न भनेर । धेरै खुशी लाग्यो ।


Germany मा बस्ने मनकि धनि आदरणिय  दिदी  Sujeeta Shahi लगायत  सहयोगी सबै दिदी बहिनी दाजु भाईहरु प्रति हार्दिक आभारी छु । यस पालीको दशै तिहार मनाउन हामी लाई जर्मनी देखि संझेर दाल चामल, नुन तेल, जुस लगायद दशै खर्च २०,००० पठाई दिनु भएकोमा  । मनै त ठुलो हो नी । संसारको जुन कुनामा बसेर पनि मन भए पछि सकिन्छ भन्ने कुरालाई दिदीले प्रमाणित गरि दिनु भएको  छ । 


संसारको जुन कुनामा पुगे पनि मेहनत र पसिना नबगाई हुदैन, चाडवाडको बेला आफनो, घर परिवार, वृद्ध बाबु आमाको गाँस कटाएर हामीलाई पठाई दिनु भयो । यो सानो सहयोग तर महत्वपुर्ण सहयोग प्रति लामो खुशी र आभार व्यक्त गर्न चाहान्छु ।  यो साथ सहयोगमा कहिल्यै खडेरी नपरोस । दिदी समय व्यस्तताले गर्दा श्रद्धाका दुई शब्द लेखेर खबर गर्न पनि ढिला भयो यस्को लागि माफी चाहान्छु ।
आशा छ अब चाँडै हाम्रो भेट हुने छ । समय अनुकुल मिलो भने एक पटक फोन गर्नु होला है ।
जय जय होस । जिवनमा सुख, समृद्धिको कामना गर्दछु ।

-दिक्षा चापागाई, पवित्र समाज सेवा नेपाल, धाँपासी १०, काठमाण्डौ, नेपाल । फोन :- ९८५१०६००८६



Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.