वीरगञ्जमा ११ जनामा डेंगु, सेचतान फैलाउन नसक्दा बढ्यो खतरा


वीरगञ्जमा ११ जनामा डेंगु, सेचतान फैलाउन नसक्दा बढ्यो खतरा
स्वास्थ्य खबरपत्रिका २०७३ मङ्सिर १० शुक्रबार प्रकाशित

वीरगन्ज– नेपाल सरकारले जिल्ला जनस्वास्थ्य कार्यालय पर्सालाई डेङ्गु रोगबारे जनमानसमा प्रचारप्रसार गर्न वार्षिक दुईलाख रुपैयाँ दिने गरेपनि प्रभावकारी रुपमा प्रचारप्रसार हुन नसक्दा डेङ्गु रोगको खतरा बढ्दै गएको छ ।

हाल यस क्षेत्रमा डेङ्गु रोगबाट एक भारतीयसहित ११ जना मानिस प्रभावित भई उपचार गराइरहेको यो कार्यालयले जनाएको छ । सो रोगबाट प्रभावित बिरामीमध्ये नेसनल मेडिकल कलेजमा ६ र बाँकी पाँचजनाको भवानी अस्पतालमा उपचार भइरहेको छ ।

एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट यो रोग लाग्ने भएकाले लामखुट्टेको बासस्थानलाई नष्ट गर्न पर्याप्त बजेट नभएकाले सो रोग नियन्त्रण गर्न कठिनाइ हुने गरेको सो कार्यालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक राजकिशोर पण्डितले बताए ।

लामखुट्टेको बासस्थानलाई नष्ट गर्नु नै डेङ्गु रोगको रोकथाम भएपनि पर्याप्त बजेटको अभावका कारण रोग नियन्त्रणमा कठिनाइ भएको सम्बन्धित निकायको भनाइ रहेको छ ।

वीरगन्जमा लामखुट्टेको स्थिति भयावह रहेको छ । सो रोगबाट प्रभावित हुनेमा भारत नरकटियागन्जका २१ वर्षीय मोजाबिल, वीरगन्ज उपमहानगरपालिका–१६ की २४ वर्षीया सुधा कुमारी, कट्टीपरवाहका १८ वर्षीय ज्ञानकुमार गुप्ता, बारा परसौनीका २५ वर्षीय खलीमन खातुन, सर्लाहीका २७ वर्षीय अर्जुन श्रेष्ठ, वीरगन्जकै ७२ वर्षीय कमल पटेल, बिरुवागोठेका ३५ वर्षीय छतियादेवी, वीरगन्जकै २७ वर्षीय असलम, विराटनगर–८ की मनिषा, ३५ वर्षीय बशिर साह र २१ वर्षीया पूजा साह रहेकी छन् ।

पानी जम्ने ठाउँमा सरसफाइ गर्ने, पानी जम्न नदिने र रोगबारे प्रभावकारी प्रचारप्रसार गर्नुपर्नेमा सो नभएकाले सो रोगलाई नियन्त्रण गर्न कठिनाइ भएको जिल्ला जनस्वास्थ्य कार्यालय पर्साले जनाएको छ । रासस
- साभार www.swasthyakhabar.com बाट

Labels:

Post a Comment

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.