मनिषाको नयां जीवन ।
मध्यरात २ बजे । ३ जना बच्चिहरु । सवै हस्पिटल चहार्दा पनि भर्ना लिएन । १६ दिनका वालक ।
धामीले पुजा गर्दै राखेर अन्तिम भएपछि गाउंबाट ३ दिन लागेर भरतपुर आएका ति बच्चिहरु । सवै हस्पिटल चाहरे । भर्ना कही लिएन । महिलाहरु मात्रै । हस्पिटललाई लाग्यो होला गाउंबाट आएका कसरी पैसा तिर्छ । भरतपुर मेडिकल कलेजको ईमर्जेन्सी वार्डमा डांको छोडेर रोईरहेकी । अचानक जम्का भेट भयो । मैले धेरै विन्ति गरे । भेन्टिलेटर र आइसियु व्यस्त भएकाले विरामी भर्ना गर्न सकिन्न भने । धेरै हस्पिटलमा फोन गरे । सम्भावना रहेन । नारायणी सामुदायिक हस्पिटलमा भेन्टिलेर खाली नभएको र अक्सिजन मात्रै दिएर आईसियुमा उपचार गर्न सकिने स्विकार गरे । धेरै अस्पतालहरुमा गरेको प्रयास अस्विकार भएपछि बाध्य भएर पत्रकारको परिचय दिए । डा. निरज सहितको टिमले उपचार थाल्यो । ५ दिन पछि कान्ति वाल अस्पतालमा थप उपचारका लागि लगियो । आज सकुसल घर फर्केका छन् । डा. निरज, मित्र सन्दिप सहित सम्पूर्ण टिमप्रति आभारी छु । मेरो सानो प्रयासले एउटा बच्चाले नयां जीवन पाएको छ ।
जसरी मैले पत्रकार भनेर उपचार गर्न लगाए । त्यस्तो दिन अन्त्य होस । हरेक नागरिक यो देशका नागरिक हुन । हुनेले राम्रो शिक्षा, स्वास्थ्य सेवा पाउने नहुने, पहुंच वाहिर भएकाहरु पैसा खर्च गरेर पनि उपचार विना मर्नुपर्ने नेपाली दुर्दशाको अन्त्य होस ।
साभार -Journalist/Actor:- Kb Rana (देबचुली टेलिभिजन,कावासोति) बाट।
Post a Comment