सहयोगकोलागी हार्दिकअपिल
सडक दुर्घटनामा परि जीवन रानाको स्वास्थ्य स्थिती गम्भीर ।
शारजाहको रोटना फर सेक्युरिटी एण्ड गार्डिङ्ग कम्पनीमा कार्यरत झापा सुरुङ्गा निवासी जीवन राना २४ डिसेम्बरमा शारजाहमा बाटो काट्ने क्रममा सडक दुर्घटनामा परि गम्भीर चोट पुगेको छ। ब्याक बोन्स दुईटै भाचिएको साथै देब्रे खुट्टा र दाहिने हात मर्किएको थाईमा गहिरो चोट लागेको अबस्थामा कुवेती हस्पिटल शारजाहमा अलपत्र अबस्थामा हुनुहुन्छ । कम्पनीबाट उपचारको लागि कुनै पहल नभएको र उपचार खर्च हस्पिटलले जानकारी दिए अनुसार अत्यन्त महंगो पर्ने करिब १७००० दिर्हाम खर्च लाग्ने पुजन खरेलले जानकारी गराउनु भयो। यस्तो गम्भीर अबस्थामा पनि कम्पनिले बेवास्ता गरेको र उपचार खर्च पनि अत्यन्त महंगो भएकोले युएईमा रहेका विभिन्न संघ सस्था तथा नेपालीहरुलाई सहयोग गरिदिनुहुन आग्रह गरेका छन । हस्पिटलले उपचारको लागि १७००० दिर्हाम लाग्ने भनेपछी नेपाल पठाउने प्रयास गर्दा टिकट र हस्पिटलको बिल सम्म तिर्न समस्या परेकोले सबैलाई सहयोगको लागि हार्दिक अपिल गरिएको छ।
सम्पर्क नम्बर : जीवन राना ०५५३९१६३६८
: पुजन खरेल ०५२४६२८९९१
बिरामिलाई भेट्ने समय बेलुकी ४:०० देखि ९:०० सम्म
Post a Comment