बल्ल हाम्रो मिसन सफल भयो। ५ दिन देखि नानीहरू बिधिवत रुपमा आमाको हाम्रो समाजमा छोराले गरिनुपर्ने सम्पुर्ण कार्य गर्न बाटो खुल्यो । - बोम बहादुर कुँवर
भाउजुको ४ दिन सम्म नानीहरु तेहि गरिरहे ।अब तातो दुध थुक्नु न ओकल्नु भयो।४दिनको साझ सबै छिमेकी र पुज्दै आएका ब्राह्मण लाई जुटाई अब पनि यस्तै गराउने हो नानीहरूलाई भनेर छलफल भयो ।छलफल मा धेरै तर्क आए अन्त त पछि सहमति भयो र ५ दिन देखि नानीहरू बिधिवत रुपमा आमाको हाम्रो समाजमा छोराले गरिनुपर्ने सम्पुर्ण कार्य गर्न बाटो खुल्यो ।बल्ल हाम्रो मिसन सफल भयो।
व्यापक प्रचारप्रसार :मङ्सिर ७ देखि यो खबर फेस्बुक मा मात्र सिमित रहेन।राष्ट्रिय र स्थानीय पत्रपत्रिका तथा अनलाइन खबर बाट झन ब्यापकता पायो। म यस्को श्रेय पत्रकारहरु बिशाल भट्टराई , दिपेन्द्र कुवर,प्रेम सुनार, जनार्दन घिमिरे ,घनश्याम गौतम ,उमेश चौहान, बिष्णु चापागाईं लगायतका सम्पुर्ण मिडियालाई दिन चाहन्छु ।आर्थिक रकम संकलनका पात्रहरु: हाम्रो अभियानलाई साथ दिने अभियानकर्ताहरु
१.दुबई बाट किसोर के सि, २.शान्तिदिप युवाक्लब पुर्कोटदह बाट खिम कुवर,राजकुमार थापा ,सुनिल थापा लगायत सम्पुर्ण क्लबपरिवार, ३.जनप्रीय क्लब पुर्कोटदहका कमल लम्साल ,बोम थापा , बाबुराम के सि लगायत सम्पुर्ण क्लबपरिवार, ४.मदाने युवा क्लब बाझकटेरिका जयप्रकाश भुसाल र सम्पुर्ण क्लबपरिवार
बिदेशी भुमि बाट :
५.अर्जुन के सि
६.दुर्गा घर्ती
७.प्रेम नेपाली
८.अशोक घर्ती
९.दक्षिण कोरिया बाट अशोक , रामचन्द्र खड्का
१०.नचिनिकन पनि फोनबाट सम्पर्क गरि रकम पठाउनुहुने सम्पुर्ण आमा-बुवा,दाजुभाइ ,दिदिबहिनी लगायत सबै-सबै नेपाली मनहरु।
निष्कर्ष :हिड्ने मान्छेलाई ठेस लाग्छ भने झैँ आज यो अभियानको १४औ दिन पुगिसकेको छ।यश दौरानमा आफ्नो काम र नोकरीलाई थाती राखेर सहयोगमा हिड्ने अभियानकर्ता ज्यु, र सहयोगदतालाई विशेष धन्यवाद दिन चाहन्छु । गर्दै जादा यस अभियानलाई अनावश्यक रुपमा भ्रम फैलाउने र ब्याक्तीको चरित्रहत्या गर्ने जस्ता दुस्साहस गरेकोमा यस्ता कुराको पछि नलाग्न हार्दिक अनुरोध गर्दछु। एति लामो समय सम्म मानवीय सहयोगमा लाग्नुभएकोमा म मुख्य अभियानकर्ताको तर्फबाट हार्दिक आभारका शब्द प्रकट गर्दै हजुरहरुले संकलन गरेको रकम २/३ दिन भित्रमा नगद वा बैंक मार्फत सम्बन्धित परिवारलाई पुर्याउन स-बिनय अनुरोध गर्दछु । सम्पर्कका लागि 9857067243
Post a Comment