पतञ्जली योग साधना केन्द्र सामाखुशीद्वारा पौष महिनाकाको सहयोग हस्तान्तरण ।
मानवसेवा आश्रम काठमाडौं ।
विभिन्न कारणहरुबाट सडकपेटीहरुमा अत्यन्त कष्टकर जीवनयापन गरीरहेका सहयोगापेक्षी मानवहरुको सेवा गर्ने अभिष्टले सञ्चालित मानवसेवा आश्रम काठमाडौं शाखालाई यस महिना पतञ्जली योग साधना केन्द्र सामाखुशी परिवारले अक्षरुपी रु. १२,६,००/- (अक्षरुपी बाह्र हजार छ सय )सहयोग गरेको छ । मानवसेवा आश्रमको सुरुवाती कालदेखि नै मानवसेवा आश्रमको सेवा कार्यमा सक्रिय योग साधना केन्द्रका साधक साधिकाहरुले आफू, परिवार तथा आफन्तहरुसँग दिनको ५ रुपैयाको दरले मासिक १५० रुपैया संकलन गरी आश्रमलाई सहयोग हस्तान्तरण गर्दै आइरहेको छ ।
मानवसेवा आश्रमको यस मानवीय सेवालाई सजह र सरल बनाउन हर तरहले सहयोग पुर्याउनुहुने योग साधक साधिका तथा मानवसेवा आश्रम सहयोगार्थ दिनको ५ रुपैया अभियानमा साथ दिनुहुने सम्पुर्ण मानवीयताका पुजारीहरुमा सदर नमन् तथा हार्दिक आभार ।
Post a Comment