स्वर्गीय दुर्गाकुमारी भुसाल विशेष/सबै पढ्नुहोला र शेयर गर्नुहोला।(पुर्कोटदह को ताजा अपडेट)

स्वर्गीय दुर्गाकुमारी भुसाल विशेष/सबै पढ्नुहोला र शेयर गर्नुहोला।

१८ पौष २०७३, पुर्कोटदह गुल्मी
बोमबहादुर कुँवर

आज ४५औं दिन पुगिसकेछ।सर्बप्रथम त दिबङ्गत आत्माले स्वर्गमा बास पाओस् भन्दै हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्न चाहन्छु ।

स्वर्गीय दुर्गा भाउजुलाई त दैबले चुड्यो, कुनै पनि हालतमा भाउजुलाई बचाउन सकिएन। आखिर मङ्सिर ३, २०७३ मा उहाँको देहावसान भएपछि हामी मानबताको हिसाबले जे गर्नुपर्थ्यो त्यो पनि गर्न नसकेको मैले महसुस गरे।४ गते रातभरि निद्रा लागेन।मनमा पीडा भयो।हामी कति स्वार्थी !बलेको आगो ताप्न सबैले खोज्ने तर निभेकोलाई दाउरा ठोस्न पनि नखोज्ने हामी सामाजिक प्राणी अरे।धिक्कार लाग्यो यो हाम्रो सामाजिकत्वलाई देखेर। अनि यो पिडालाई मैले मात्र सिमित राख्न सकिन र राती आफ्नो फेसबुकको वालमा वास्तविक परिबेशलाई समेटिएको संक्षिप्त जानकारी र कारुणिक तस्वीरहरु सहितको बिषयबस्तुलाई पोस्ट गरे।

अनि मैले बुझे मेरो भन्दा त सयौं गुणा कोमलो र मानबताको हृदय त हजुरहरुको रहेछ। अब मैले साथ पाए।मङ्सिर ५र६ गते आर्थिक सहयोग संकलनमा म सहित मित्रहरु खिमानन्द र भोजराज भट्टराई अनि ठकेन्द्र दाजुको साथमा ७०,०००। रुपैयाँ जम्मा हुँदा भाउजू मृत्यु पछि ती ओठ निचोरेर दूध आउने बालिकाको जीवनलाई केही राहत मिल्छ कि जस्तो लाग्यो। ७ गते पछि मलाई आर्थिक संकलन मा कसै सङ्ग हात थाप्नु परेन। यस्को पुर्ण जिम्मा हजुरहरुले लिनुभयो।यहाँ सबैको नाम लेख्न मलाई सम्भब भएन।कसैको छुट्यो भने मलाई सराप्नुहुनेछ।तसर्थ सम्पुर्ण अभियानकर्ता र सहयोगदाताहरुमा मेरो र घरपरिवारको तर्फबाट हजुरहरुको जयजय सहित हार्दिक आभार टक्राउछु।

मेरो माध्यम र हजुरहरुको प्रयासले आजको मिति सम्म ११,५२,०००।रुपैयाँ जम्मा भइसकेको छ।प्रत्क्षय वा अप्रत्यक्ष रुपमा मलाई जानकारी भए अनुसार अझै पनि रु. १५००००। भन्दा बढी रकम आउन बाकी छ।
मान्छेलाई पैसाले कहिल्यै पनि पुग्दैन।भोलि हाम्रो समाजमा यो भन्दा झन दर्दानक घटना पनि नघटलान भन्न सकिँदैन।तेति बेला पनि हजुरहरुको साथ अबस्य चाहिन्छ। मलाइ विभिन्न अग्रज ब्याक्तित्वहरु बाट यो अभियान लाई रोक्दा ठिक होला कि भन्ने सकरात्मक सुझाव आएको र यो लामो समयसम्म भयो भने बिचमा दुरुपयोग पनि हुनसक्छ भन्ने भएकोले यसलाई सकारात्मक रुपमा बुझिदिनुहुन र अहिले सम्म उठाएको रकम यथासक्य चाडै बिबरण सहित जम्मा गर्नहुन अनुरोध छ। किनकी सम्पुर्ण सहयोग दाताको नामावली तयार गरि स्थानीय रेडियोबाट प्रसारण गरिने र नानीहरूले पछि हामीलाई सहयोग गर्ने सहयोग दाताको विवरण यो रहेछ भनेर हेर्नका लागि अभिलेख बनोस् र सहयोगिको रकम सम्बन्धित पक्ष सङ्ग आइपुगोस भन्ने तपाईं हाम्रो उद्देश्य हो। विशेष गरि क्लब हरुले संकलन गरेका ब्याक्तिको विवरण नआइसकेको ब्यहोरा जानकारी गराउछु।
बोमबहादुर कुँवर(मुख्य अभियानकर्ता)

Labels: ,

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.