प्रसंग केही दिन अधि मनाईयको ढाकाटोपी दिवसको
- दीपा सिंखडा
यहाँ ढाका टोपीमा सजिएर देशको स्वाधिनता बिक्री गर्नेहरु टन्नै छन् अनि साच्चै ढाका टोपी को संरक्षण त ती गरिब गर्छन् जस्को थाप्लोमा दिनहुँ नाम्लो हुन्छ,आँफुले एक दिन लगायर बाँकी ३६४ दिन ढाका टोपी लाउने लाई पाखे को दर्जा दिने काम चाहिँ नगरौं।
हाम्रो सान, हाम्रो पहिचान सगरमाथाको प्रतीक ढाकाटोपी जिवनभर शिरमा राखेर हर दम बल पाखुरा को मेहनत ले नेपालको माटो मा नै परिवार पाल्न संघर्षरत सम्पुर्ण लाई मेरो सम्मान सहितको नमन।
सुरुको वाक्यमा "गरिब" भन्ने शब्द सबैलाई बुझाउन को लागि मात्रै प्रयोग गरियको हो , मेरो बुझाईमा त म हरेक ती ब्यक्ती हरुलाई धनी मान्छु, जो आफ्नो परिवार सँग छ, जो आफ्नै मातृभुमिमै छ,चाहे जुन सुकै काम गरेको किन नहोस। Feeling:MissYouNepal
Post a Comment