बस पार्कमा समातिएको पाकेटमार लाइ जस्तो तल्लो स्तरको गालीको वर्षा गरिरहेका छन् | अत्यन्त दुख लाग्यो |
-माग्ने बूढो (केदार घिमिरे)
हुनत छान्बिन हुँदै गरेको घटनाको बिषयमा बोल्नुको के अर्थ होला र ? तैपनी ... दिपक राज गिरीको कुरा गर्नु पर्दा वहाँ को तितो सत्य को शूटिंगमा सानो तिनो रोल खेल्न जान्थ्यौ हामि, वहांले सधै उर्जा दिनुहुन्थ्यो | वहाँले हांश्य टेलिचलचित्रमा गौरबमय ६oo भागको तितो सत्य बनाउनुभयो , कसौटी जिन्दगि हेर्न बानि परेका दर्शक लाइ नेपालि हांश्य शृंखला हेर्ने बनाउनुभयो,वहांको काल खण्डमा गाइजात्रे कार्यक्रमको नेतृत्व पनि वहांले नै गर्नु भयो | बिबिध कारणले हाँस्यशृंखला दोहोरिएर आउने ,बन्द हुने आदि भए पछी "अब फिलिम बनाउने" भनेर सपना देखाउनु भयो, बिस्तारै सपना पुरा हुँदै पनि गयो , भाषिक अतिक्रमणमा थिचिएको हल बाट कयौ हिन्दी फिल्मलाइ पाखा लगाउदै १०० दिन भन्दा बढी चल्यो छक्का पन्जा हरेक रेकर्ड हरु तोड्दै | यी सबै हेर्दा अब दिपक राज गिरि ,निश्चल बस्नेत , बिमल घर्तिहरु तिनका परिबारका होइनन , अब देशका सम्पति हुन् | तर आज अचनाक पाइरेशी संग सम्बन्धित एक दुखद घटना संग जोडेर नियोजित तरिकाले बस पार्कमा समातिएको पाकेटमार लाइ जस्तो तल्लो स्तरको गालीको वर्षा गरिरहेका छन् | अत्यन्त दुख लाग्यो | घटनाको निस्पक्ष्य छानबिन होस् ,कोहि दोषी छ भने कारबाही पनि होस् ,दीपक दाइ ले "धम्क्याएको, तर्साएको प्रमाणित भए सजाए भोग्न तैयार छू" पनि भन्नु भएको अबस्था छ..|मलाइ जानकारी भए सम्म यो भन्दा अगाडि उहॉ ले चोरी नै प्रमाणित भएको केशमा समेत केटाको ज़िन्दगी बिग्रन्छ भनेर छोड़ी दिएको कुरा मलाइ याद छ| एक होनहार युबा गुमाउदा परेको चोट सहने स्व कृष्ण सुबेदीको परिवार प्रति हार्दिक समबेदना |
Post a Comment