धुर्मुश सुन्तली ले गरेका सामाजिक काम बाट मैले सिकेको कुरा
- दिपक आचार्य

1- सरकार को बिरोध गर्न सडक मा टायर बाल्ने, नेपाल बन्द गर्ने, समाजिक सन्जाल मा तल्लो स्तर का गाली गर्नु को सट्टा यस्तै बिकाश का काम हरु गरे देश बिकाश गर्न समय लाग्दैन। धुर्मुश सुन्तलीले गरेको कार्य पनि सरकार लाई रचनात्मक दबाब नै हो। यो गाली मात्र हैन गतिलो झापड भन्दा कम छैन।
2- मधेश को नाममा सदियौं देखि राजनिती भयो, सबै भन्दा धेरै राजनितिक नेता हरु जन्मिए। मधेश लाई अन्दोलनले दन दनि बालियो, तर कशैले मधेश र त्याँहाको जनताको हितमा काम गरेनन। धुर्मुश सुन्तली बाट सिकेर मधेशमा केही गर्नुश, अनि चुनाबमा जानुश, तपाईलाई त्याहाँका जनताले दुई तिहाइ मत दियर बिजय गराइ सत्ता मा पुराउछन, अनि पूरा गर्नुश आफ्नो माग। तर संधै मधेश र मधेश का उत्पिडित जनता लाई राजनितिक मागी खाने भाडो नबनाउनुश, नत्र दुई चार धुर्मुश सुन्तली हरुले तपाईंहरु लाई गूगलमा खोज्दा पनि नभेटिने गरि बिलय गराउलान।
3- तीन करोड नेपाली ले चाह्यो भने देशमा काया पलट गर्न सक्छन, नेतालाई गालि मात्र गरेर बस्ने समय आउनुहोश रास्ट्र निर्माण मा लगाऔं।
4- हिमाल, पाहाड तराइ का नाम मा राजनिती गरेर सद्भाव बिथोलिरहेका नेता हरुले बुझ्नु जरुरी छ, नेपाली जनता लाई अब राजनिती र बिखन्डन हैन बिकाश चाहियको छ, यस्तै कार्य ले नै सम्पुर्ण नेपाली लाई यकता को सुत्र मा बध्ने छ।
"हामी बनाऔं हाम्रो देश।"
मुसहर बस्ती निर्माणका लागि सहयोग तथा परियोजना बारे जानकारिको लागि 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस । - धुर्मुस सुन्तली फाउन्डेसन
Post a Comment