आमा म पनि खेल्न जान्छु नि,

आमा म पनि खेल्न जान्छु नि,
उजेली बिन्ती गर्दथी, उसकी आमा नसुनेझै गर्दथीन, ज्यादै ढिपी गरे छोरीलाई सम्झाउथी, हुन्न बा बढेकी छोरी  बाहिर जानू हुन्न।आमा उजेलीलाई छाया जस्तै आफै सङ राखिरहन्थिन।
उ संगैका उ जस्तै बढेका साथीहरू  बाहिर चौरमा अनेकौं खेल खेल्दै हुन्थे, उसको मन भुरुरु उडेर त्यही पुगिरहन्थ्यो।
उ घुर्की लगाउथि, रुन्थी, आमा झर्को मान्दथिन, अनि रुञ्चे आवाजमा छोरीलाई सम्झाउथिन , बा बाहिर पराईहरु छन , तिनले तिमी नफक्रीदै निमोठ्छन।ती राक्षस रुपि पराईहरुले तिमिलाई फ़ोहोर बनाउछ्न।
उजेली, आमाको नबुझिने डरलाग्दो कुराले अतालिई, अनि बाहिर खेल्न जाने जिद्दी गर्न पनि छोडी।
एकदिन उजेलीका घरमा पाहुना आए, घरमा उजेली एक्लै थिई,
ती पाहुना पराई थिएनन् ।।।।
- रजनी ढुङ्गाना 

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.