सडकपेटिको कष्टकर जीवनबाट आमाछोरीलाई उद्धार गरि मानवसेवा आश्रम ल्याईयको छ।
१६ माघ २०७३ @ मानवसेवा आश्रम भरतपुर-१० बाईपासरोड (अाँखा अस्पताल नजिक) - ०५६-५२५८९४,९८५५०७६००३,९८५५०८१८९९
प्रत्येक हप्तामा शनिवार र मंगलबार सडकसेवा अर्थात सडकको अवस्था बुझ्नुको साथै कुनै सहयोगापेक्षी व्यक्तिहरु सडकपेटिमा बसेको अवस्था छ भने उक्त व्यक्तिलाई सडकपेटिबाट उद्धार गरी उनीहरुको लालन पालन संरक्षणको साथै मनोरागी वा अन्य रोग तथा घाउ चोट पटक लागेको छ भने अौषधि उपचार गराउँदै शारिरीक तथा मानसिक रुपमा सबल भए पश्चात परिवारको खोजी गरी पारीवारिक पुनर्मिलन समेत गराउँदै आएको सन्दर्भमा सडकसेवामा जाने क्रममा रात्री ११ बजे यो चिसो मौसममा सडकको पेटिमा अति कष्टकर जीवनयापन गर्दै गरेको २० बर्षिय आमा र ३ बर्षिय छोरीलाई मानवसेवा आश्रमले उद्धार गरी ल्याईएको छ। आफ्नो घर धार्दिङ्ग बताउने महिलाको परिवारका अन्य सदस्य कोहि पनि नभएको, श्रीमान भुकम्पको प्रलयमा परि ज्यान गए पश्चात आफू सडकपेटिमा आएको जानकारी गराउनु भएको महिलालाई चित्साकको परामर्श लिएर अौषधी उपचार गरिने र परिवारको खोजी गरी पारिवारिक पुनर्मिलन गराउन प्रयास गराउने छ।
नोटः (हाम्रो सपना नेपालको सडपेटिमा कोहि पनि दुख पाएर,असक्त, अनाथ, अपाङ्ग, असाहय, मनोरोगी भई बेवारिसे भएर जीवनयापन गर्न पर्ने अवस्थाको अन्य गर्ने।)
Post a Comment