कतारमा माघि महोत्सव भव्यताका साथ मनाईयो ।

कतारमा माघि महोत्सव भव्यताका साथ मनाईयो ।
मिति  १३ जनवरी २०१७
-हरि बहादुर महतो,दोहा-कतार

थारुहरुको माघि पर्वको अवसरमा थारु कल्याणकारिणी सभा कतार च्याप्टरको आयोजनामा “जातिय पहिचानको संरक्षण प्रवर्धन, शैक्षिक आर्थिक सामाजिक उत्थान हाम्रो समर्पण” भन्ने मुल नाराका साथ माघि महोत्सव तथा चौथो महाधिवेशन २०१७ भव्यताका साथ सम्पन्न भएको थियो  । थारु कल्याणकारिणी सभा कतार च्याप्टरका सभापति श्री अन्जनी कुमार पंजियारको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारका कार्यवाहक अध्यक्ष श्री लिलम चिडी  मगर  र साथै कतारमा कार्यरत  विभिन्न  संघ संस्था का पदाधिकारी, समाजसेवी तथा वुद्धिजिवीहरु र पत्रकारहरुको अातिथ्यमा कार्यक्रम भव्यताका साथ सम्पन्न भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि श्री लिलम चिडी  मगर, विशेष अतिथि एनआरएनए एनसीसी अध्यक्ष विनेश तामाङ , श्री  सिताराम चौधरी, नेपाली महिला समाज कतारका श्रीमती रेखा राई, समाजसेबी तथा बुद्धिजिबी कमलमणि गुरागाई,  नियम भुजेल, हुसेन खान, श्री  रामहरि गैरे, ज्यूहरुले शुभकामना दिनु भएका थिए ।

साथै कार्यक्रम मा  स्थानीय कलाकारहरुले थारु संस्कृतिमा आधारित सामुहिक तथा एकल नृत्य वेजोड प्रस्तुती गरेका थिए   । सो अवसरमा प्रथम जितिया महोत्सव तथा थारु मिलन समारोह २०१६ अवसरमा सहभागी कलाकार हरु  तथा आर्थिक सहयोग गर्नुहुने महानभावहरु लाई सम्मान पत्र प्रदान गरीयको थियो ।

चौथो महाधिवेशनबांट श्री अरविन्द्र कुमार चौधरीको अध्यक्षतामा २५ सदस्सिय  कर्यकारी समति   सर्बसमतीबाट चयन गरिएको जानकारी निर्वाचन मण्डलका संयोजक  सियाराम चौधरीज्यूले जानकारी गराउनु भयो ।

Labels: ,

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.