मैले अन्तिम पल्ट उहाँलाइ राजा जनकको पोशाकमा लडिरहेको झुलुक्क देख्न मात्रै पाए.....
- संगिता थापा
हिजो करिब करिब एक सवा एक बजे तिर म र रक्षा डान्स क्लासमा कुरा गर्दै बसिरहेका थियौ तेति नै बेला बिष्णु भक्त सर हाम्रै अघिल्तिरबाट जाँदै हुनु हुन्थ्यो राजा जनकको ड्रेश लिनका लागि...अनि हामिले "राजा जनक आउनु भो" भन्दै गर्दा उहाले हास्दै भन्नू भो "कहा म राजा हुनु र...! "अभिनयको क्षेत्रमा त राजानै हुनु हुन्छ नि हाम्रो लागि" मैले बोल्दै गर्दा उहाको मुहारमा मुस्कान देखियो बेग्लै तर बहुत मीठो...उहासंगको सम्बाद मेरो जिन्दगिको पहिलो र अन्तिम हुन पुग्यो..
बरिस्ठ निर्देशक बद्री अधिकारी ज्यु द्वारा निर्देशित नाटक "यज्ञबल्क्य"को मञ्चन भैरहेकै थियो । नाटक अन्तिम अन्तिम चरणमा पुगिरहेकै बेला म लागायत मेरो अरु तीन जना साथिहरु "परि" नृत्यको लागि तयारी अबस्थामा बस्दै थियौ । तेति नै बेला राजा जनकले नजिकै उभिरहेको मन्त्रीलाइ दुई पटक हातको इसाराले आफू तिर बोलाउनु भयो अनि कानमा खुसुक्क क्यै भने जस्तै गर्नु भयो...र मन्त्रीको काधमा आफ्नो शिर अड्याउनु हुँदै थियो क्यार शरीर पुरै छोड्ददिनु भयो....मैले सोचे नाट्क भित्र थोरै सिन चेन्ज भएको रहेछ बिष्णु सरले अभिनय नै गरिरहनु भएको थियो भन्ने लाग्यो...तर मेरै छेउमा बसिरहनु भएको माधब दाइले पर्दा बन्द गर साउन्ड अफ गर भनेर कराइ सके पछि मन एक्कासी चिसो भयो अनि कतै क्यै नसोची स्टेज तिर डौडिए...मैले अन्तिम पल्ट उहालाइ राजा जनकको पोशाकमा लडिरहेको झुलुक्क देख्न मात्रै पाए.....
Post a Comment