तपाईहरुकै सहयोगमा महोत्तरीको मुसहर बस्ती परियोजनाको निर्माण काम शनिबार सम्म२० प्रतिशत पुरा

हामीले तपाइहरुको माया, स्नेह र सहयोगमा महोत्तरीको बर्दिबास नगरपालिका २ मा निर्माण गरिरहेको एकिकृत नमुना मुसहर बस्ती परियोजनाको निर्माण काम शनिबार सम्म२० प्रतिशत पुरा गरेका छौं । ५० आवाशिय घर, १ सामुदायिक भवन, १ मन्दिर, १ बालउधान, ३ सार्वजनी शौचालय तथा धारा निर्माण गरिने यस योजना अनुसार, हाल सम्ममा १२ वटा घरको झ्याल मुनिको गारोको काम, ४३ वटा घरको डिपिसी सम्मको काम, ४६ वटा घरको जग खन्ने तथा ढुंगा गारो लगाउने काम सकिएको छ  । बालुवा, गिट्टी, ढुंगा, इट्टा स्थानीय उद्योगबाट सिधै खरिद गरि निर्माण कार्यलाई तिब्रगतिमा हामीले अगाडी बढाइरहेका छौं ।
बस्ती निर्माण कार्यसंग संगै अस्थाई बस्ती स्तान्तरणको क्रममा हामीले  १२ वटा अस्थाई शौचालय, १ वटा विद्यालय, ५ वटा कामदार बस्ने टहरा, १ वटा सिमेन्ट राख्ने गौदाम , श्रमदान गर्ने भोलन्टियरको लागि भाँडाको २ वटा घर  र १ वटा टहरा, काममा बाधा नपुगोस् भनी  बलबालिका खेल्ने अस्थाई खेल मैदान र खेल समाग्रीको व्यस्था गरेका छौं । बर्दिबास खानेपानी तथा सरसफाई उपभोक्ता संस्था बर्दिबास महोत्तरीले निर्माण कार्य सहज बनाउन २ वटा धारा जडान गरि दिने आश्वासन दिएका छन् । बस्ती निर्माण कार्य संचालन गर्न हामीलाई विद्युत्, बालुवा तथा पानीको समस्या देखिएको छ । साथै कामदारलाई खान पकाउने दाउराको व्यवस्थान मिलाउन निकै ग्राहो परेको छ । बस्तीका पुरुषहरु बाहिर काममा जानु पर्ने बाध्यताले गर्दा महिलाहरुको पाँखुराबाट निर्माण काम गर्दैछौं । पौष २५ गते शिलान्यास भएको बस्तीको निर्माण काम माघ १५ सम्म आइपुग्दा २० दिनको अवधिमा २० प्रतिशत सम्पन्न भएको छ ।
मुसहर बस्ती निर्माणको लागि सहयोग जुटाउन  हाल धुर्मुस(सिताराम कट्टेल) र सुन्तली(कुञ्जना घिमिरे) अष्टे«लियाको विभिन्न शहरहरमा हास्य प्रस्तुती गर्दै आर्थिक जोहो गर्दै हुनुहुन्छ । फाउण्डेसनको यस कार्यमा देश विदेशमा रहनु भएका सहयोगि मन  र संघ संस्थाहरुले  पनि सहयोग जारी राख्नु भएको छ । यद्दपी आवश्यक  रकम  जुट्न भने अझै धेरै समय लाग्ने देखिन्छ । यस अघिका परियोजनामा तपाइहरुले गर्नु भएको सहयोग जस्तै मुसहर बस्ती निर्माणको यस माहान कार्यमा समेत सहयोग गर्नु हुन्छ भन्ने हामीले आशा र विश्वास गरेका छौं ।


नमस्कार, मुसहर बस्ती निर्माणका लागि सहयोग तथा परियोजना बारे जानकारिको लागि 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स  वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस ।                                  - धुर्मुस सुन्तली फाउन्डेसन

सबैले आआफ्नो ठाउँ बाट सकेको सहयोग गरौं,सबैको मुहार मा मुस्कान ल्याउने धुर्मुस सुन्तलिको यस महान कार्यमा साथ दिऔं। सक्नेले आर्थिक/सामाग्री/श्रमदान गरौं नसक्नेले हौसला प्रदान गरौं,यहि नै हो पुण्य कर्म अनि धर्म।www.missyounepal.com परिवार को तर्फ बाट पनि हार्दिक सम्मान एवं आभार प्रकट गर्दछौं।

Labels: ,

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.