आजबाट यसरी आफ्नो कार पछाडी नेपाल बोकेर गुडिने निर्णय गरियो।स्वदेश बाट सात समुन्द्र पारी नै भएपनी मनभरी तिनै हिमाल,मठ-मन्दिर,छाँगा छहरा,ताल तलैया र संस्कृति छन्।त्यो स्वर्ग समान भूमीमा यो सानो प्रयासले एक जना विदेशी पर्यटक मात्र भित्राउन सकेँ भने धन्य हुनेछु।र यो प्रयासमा म एक्लो छैन किनकी सिड्नीका अन्य थुप्रै साथीहरुले पनि यसको लागि हातमा हात मिलाउनुभएको छ।जय नेपाल फाउन्डेसनका साथीहरु र यो अभियानका सम्पूर्ण सहयात्री मित्रहरुलाई सलाम ।।#JaiNepal#VisitNepal#PromoteNepal#TogetherWeCan
Post a Comment