हार्दिक आभार भरत लिम्बु लगायत विभिन्न समाज लाई
०७माघ२०७३,पुर्कोटदह,गुल्मी ।
गुल्मी जिल्ला पुर्कोटदह गाबिस वडा नं.१ जुम्लिचौर निवासी दुर्गाप्रसाद भुसाल कि श्रीमती दुर्गाकुमारी भुसाल को ३ मङ्सिर २०७३ मा भएको निधन पछि मृतकका छोराहरु नभएकोले छोरीहरुले पहिलो पटक छोराहरुले गरिने भनिने १३ दिनको काजकिरिया सङ्गिता र रमिता भुसालले गरि यो समाजमा छोराहरु बिना बाबुआमाको दिबङ्गत आत्माले शान्ति पाउदैन भन्ने अन्धबिश्वास लाई तोड्दै नयाँ कार्यको शुरूवात गरेकोले र यो परिवारको आर्थिक अबस्था कमजोर भएकोले उक्त नानिहरुलाई सहयोग र सम्मान को लागि चलाइएको आर्थिक संकलन अभियान अन्तरगत सामाजिक सञ्जाल फेसबुकको माध्यमबाट आफू बिदेशी भुमिमा रहेर मनबाट करुणाभाब जागी उक्त नानीहरूलाई भरत लिम्बु (ताप्लेजुङ हाल मलेसिया ) ले मलाई सम्पर्क गरि तपशिलका सस्थाहरुले निम्नानुसारको रकम सहयोग स्वरुप मेरो ग्लोबल आईएमइ बैंक गुल्मीमा रहेको खातामा पठाइदिई घरपरिवारलाई दिन भनेकोमा उक्त रकम घरपरिवारले बुझिसकेको कुरा जानकारी दिदै मित्र भरत लगायत ताप्लेजुङ प्रवासी समिती मलेसिया ,प्रबासी ईलामेली सम्पर्क मञ्च मलेसिया र चे:सुङ समूह मलेसियाका सम्पुर्ण पदाधिकारीहरु प्रती उहाँहरूको मन दिन:दुखि सङ्गै रहिरहोस भन्दै हार्दिक आभार व्यक्त गर्दछु ।
सहयाेग गर्ने संस्थाहरु
क, ताप्लेजुङ प्रवास समिति मलेसियाRs५०००/-
ख, प्रवासी ईलामेली सम्पर्क मञ्च मलेसिया Rs५०००/-
ग, चे:सुङ समूह मलेसिया Rs५०००/-
जम्मा रु१५०००/-
उठाएको रकम तर पठाउन बाँकी हुनेका लागि
स्मरण रहोस,
यो आर्थिक संकलन अभियानलाई हामी बन्द गरिसकेको कुरा मैले मेरो फेसबूकको वाल मार्फत सम्पूर्णमा अनुरोध गरिरहेको हुँदा यस भन्दा अगाडि रकम सन्कलन गरि हाल सम्म पनि नानीहरूलाई उपलब्ध नगराइसक्नु भएका अभियान्ताहरुले सहयोगीको विवरण सहित यथाशीघ्र रकम जम्मा गरिदिनुहुन सबिनय अनुरोध गर्दछु । किनकी आज अभियान शुरु गरेको पनि २ महिना पुगि सकेको छ र धेरै लामो समय सम्म यो अभियान चलाउनु राम्रो नहोला भन्ने सुझाव मेरा सहयात्री र अग्रज महानुभाब हरुले दिइरहनु भएको छ।तेसैले अभियानमा साथ दिनुभएका साथीहरूलाई आर्थिक संकलन कार्य बन्द गरिदिनुहुन सबिनय अनुरोध छ।
हजुरको जानकारीका लागि तपशिलको मोबाईल नम्बरमा सम्पर्क गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु ।
बोमबहादुर कुँवर
मुख्य अभियानकर्ता
मोबाईल नं.९८५७०६७२४३
Post a Comment