जाजरकोट का साहारा बिहिन बच्चा हरु लाई सहयोग

जाजरकोट का साहारा बिहिन बच्चा हरु लाई सहयोग हस्तान्तरण ।
जाजरकोट ।
पुस,१९ जाजरकोटको पश्चिम पजारु २ धाउनी का बाबुको मृत्यु पछि सहारा बिहिन भएका आमा सर्मिला कामी सहित छोराहरु प्रेम बि क कर्ण बि क छोरीहरु निर्मला बि क र टिकासरा बि क लाई सहयोग हस्तान्तरण गरिएको छ। बाबू मुने कामि ( रसाइली )को गत कार्तिक २५ गते हृदयघात को कारण मृत्यु भए संगै उनका चार बच्चाहरु बिचल्ली भएका थिए। घर को नाजुक अबस्था का कारण रसाइली का बच्चाहरुलाई गाँस बाँस कपासको समस्या परेको थियो।रसाइलीको मृत्यु संगै बालबालिको दैनिकीमा समस्या पर्दै आएपछि सामाजिक अभियन्ता तथा जिम्मेवार युबा नेपाल सामाजिक सस्था का अध्यक्ष प्रमोद बिश्वकर्मा ले सोही घटना संचार माध्यममा बाहिर ल्याए संगै पत्रकार लक्ष्मण रसाइली मार्फत विभिन्न अन्लाईन ,पत्रीका हरु मा आए संगै बिश्वकर्मा ले सहयोग संकलन सुरु गरेका थिए।उनको अभियान लाई साथ दिदै देश तथा बिदेशमा रहने नेपाली दाजुभाइ दिदीबहिनीहरु ले सहयोग गरेका छन। यसै गरि अभियन्ता बिश्वकर्मा लाई अमेरिका बस्ने अनिल जोशी ले विशेष साथ दिए,जोशी को संयोजकत्व मा रु. १ लाख ५० हजार सहयोग संगै न्युनतम रु १५ सय देखि रु १५ हजार सम्मा करिब २३ जनाको सहयोगार्थ संकलित रकम रु ६० हजार प्रदान भएको छ।  बिचलित बच्चा हरु को लागि संकलित सहयोग प्राप्त भएको अभियन्ता प्रमोद बिश्वकर्मा ले जानकारी दियका छन। स्वदेश तथा बिदेश बाट जम्मा रु २ लाख १० हजार सहयोग भएको छ।जस मध्ये रु ८०हजार बराबर को लत्ताकपडा तथा खाद्य  सामाग्री ,रु २० बराबर को यातायात खर्च तथा आबश्यक सहयोग समाग्री ढुवानी खर्च,रु रु ३० हजार मृतक रसाइली ले  गरिबी निबारण सस्था बाट लिएको ऋण र रु २५ हजार गाउले तथा आफन्त हरु संग लिएको ऋण  तिरे संगै गत शनिवार पीडित बालबालिका लाई समुदायका अग्रज ब्यक्ति, बिध्यालयका शिक्षक, बुद्धिजीवी,विभिन्न राजनीतिक दल तथा सहयोगी पत्रकार लक्ष्मण रसाइली तथा सामाजिक अभियन्ता प्रमोद बिश्वकर्मा ले  एक कार्यक्रमका बिच नगत  ५५ हजार हस्तान्तरण गरेका छन।यसरी टाढा टाढा बाट सहयोग आउदा स्थानीय पनि खुसी भएको स्थानीय अग्रज काली बहादुर कामीले बताए।यसरी सहयोग गरेको गा बि स मै पहिलो पटक भएको भन्दै सहयोग जुटाउनु हुने प्रमोद बिश्वकर्मा लाई समेत स्थानिय हरु तथा धानी का अग्रज काली बहादुर लुहार  ले धन्यवाद व्यक्त गरे। आफुले पढाइरहेका बालबालिका समस्यामा परेकोले दुखित भएको र यसरी सहयोग हुदा समुदायकै नमुना भएको भन्दै आफुले सक्ने सहयोग समेत गर्ने बिध्यालयका प्राध्यापक गणेश नेपाली ले बताए।आफ्नो अभियान लाई साथ दिएको भन्दै पत्रकार लक्ष्मण रसाइली,अनिल जोशी ,बिजय लिम्बु ,मङ्गेश लिम्बु,लोकेन्द्र बिश्वकर्मा ले समेत सहयोग गर्ने सम्पुर्ण लाई अभियन्ता बिश्वकर्मा ले विशेष धन्यवाद दियका छन।

जानकारी : लक्ष्मण रसाईली बाट 

Labels: ,

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.