चितवन जिल्लामा "Chitrawan Stadium"निर्माण कार्यमा सहयोग किन? "रास्ट्र निर्माणको एउटा अभियान चितवन जिल्लाको रङशाला निर्माण अभियानमा सहभागी बनौ"।

चितवन जिल्लामा "Chitrawan Stadium"निर्माण कार्यमा सहयोग किन?
"रास्ट्र निर्माणको एउटा अभियान चितवन जिल्लाको रङशाला निर्माण अभियानमा सहभागी बनौ"/
--------------------------------------------------

कुनै पनि देशको बिकासको सूचकांक भनेको त्यस देशको शिक्षा ,स्वास्थ्य ,यातायात ,सञ्चार जस्तै खेलकुद बिकास पनि हो।खेलकुद्को ब्यब्स्थित बिकास इसा पुर्ब रोम सभ्यता मा पाइन्छ।युरोपका कतिपय नेपाल भन्दा पनि साना रास्ट्रले खेल क्षेत्र बाटनै अन्तर रास्ट्रय स्तरमा आफ्नो देशको पहिचान बनाएका छन।भर्खरै सम्पन्न ब्राजिल मा भएको Riyo Olympic खेलको पदक  तालिका मा द िक्षण एशियाका सार्क रास्ट्रहरु पदक बिहिन हुनु मा हाम्रो खेलकुद स्तर प्रतिबिम्बित गर्दछ।खेल अन्तराष्ट्रिय क्षेत्रमा पहिचान झल्काउने एना दर्पण हो।नेपालको खेलकुद ईतिहासमा क्रिकेट क्षेत्रको राम्रो बिकास हुदै गएको छ।फुटबल क्षेत्र फिफा बरियतामा १८४ स्थान मा कछुवाको गतिमा बामे सर्दै छ।अन्य एथलेटिक्स बिधामा पनि उस्तै कछुवा गतिछ।
यसो हुनुमा राज्य पक्ष मात्रै जिम्मेवार छैन तपाइँ हामी पनि छौ।राज्य पक्ष सगको मुख ताक्ने प्रबृती हामी माझ छ।हामी गर्न सक्छौ भन्ने भावनाको बिकास भएको छैन।युरोप मा जस्तो ब्याब्शायिक खेलको बिकास भएको छैन ।राज्यले पनि बार्शिकी तालिका बनाइ स्थानिय तह देखिनै सम्बन्धित निकायलाई सकृय बनाइ रास्ट्रय खेल गर्न जरुरी छ र खेल क्षेत्र लाइ राजनैतिक हस्तक्षप मुक्त गराउन जरुरी छ।।स्थानिय गैरसरकारी संघ संस्था सग समन्वय गर्न जरुरी छ।खेलकुद ब्यब्स्थापन को मुख्य पाटाे भनेको खेलकुद मैदान नै हो र खेलकुद प्रशिक्षण चलाउनु हो।नेपालको पुरानो रास्ट्रय रङशाला Dashrath Stadium १७,००० क्षमताको  सन १९५६ मा निर्माण भए एता कैयन पटक मर्मत सम्भार भएको छ।२०७२को महाभुकम्प ले Vip Pyarafit जिर्न भएको अबस्था छ।५ बिकास क्षेत्रमा रंगशाला पुर्बाधार बिकास कार्यक्रम भए पनि चितवन जिल्लामा क्षेत्रीय स्तर को रंगशाला निर्माणका लागी टिकाउली जङल मा शिलान्यास भए पनि कार्यान्वयन भएन।फलतः लामो समय सम्म चितवनले रंगशाला पाएको छैन।लामो समय पछि  सदर मुकाम भरत पुर बाट १६ कि.दछिन तर्फ चित्रवन नगर पालिका मा आबश्यक जग्गा रहेको हुदा चित्रवन युवा तथा खेलकुद बिकास समितिले रङशाला।अभियान लाइ तिब्रता दियो।जिल्ला खेलकुद बिकास समिती ,जिल्ला भित्र रहेका खेलकुद संघ संस्था ,चित्रवन नगर पालिका सग अन्तर क्रिया गर्यौ,।नेपाल सरकारको सम्बन्धित बिभाग सम्म स्पष्ट मार्ग चित्र सहित को गुरु योजना बोकेर गयौं ।क्षत्रिय खेलकुद मैदान घोषित गर्न सम्म सफल भयौ।नेपाल सरकार बाट प्राप्त १०लाख सहयोगी संस्था क्लिनिक नेपाल को रु,१० लाख गरि २०लाख बाट प्राबिधिक को सल्लाह अनुरुपको २देखि ३करोड सम्म को चितवन को गौरब झल्कने रङशाला निर्माण कार्य थाल्ने अभियान मा जुटयौ।चित्रवन नगर पालिकाको १० बिगाह जग्गामा।निर्माणधिन रङशालाको शिलान्यास कार्य क्लिनिक।नेपालका अध्यक्ष श्री हरि भन्दारी ज्यु तथा चितवन जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष श्री गङ्गा लामा ज्यु बाट  भएको छ।चितवन जिल्ला कै नमुना रङशाला निर्माण अभियान मा तपाइ हामी सबैको उत्तिकै जिम्मेवारी र खाचो छ।सहयोगी हात हरुको लागी  हार्दिक अपिल गर्दछु।

धन्यबाद।

टि.एम.गुरुङ (रङशाला निर्माण उप भोक्ता समिती अध्यक्ष एबम चित्रवन युवा तथा खेलकुद बिकास समिती सचिब)

Labels: ,

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.