किसानी भाई को खेति !!!(सफल किसान)

किसानी भाई को खेति !!!
================
नाम को अघिल्तिर किसानी भाई को शिर्षक राखेका खेम पौडेल पर्बत बासी हुन् | पोखरा -१८  छिन्ने डाडा नजिक पुरानो भेड़ी फर्म स्थित  उहाको फर्म  करिब ६ रोपनी छेत्रफल मा रहेको छ | उहाको फर्म मा धेरै leafy vegetable  छ | गोलभेडा , धनिया , सलाद पत्ता, पालुंगो , चाइनिज साग( पाक चोय ), चाइनिज बन्दा , सेलेरी, पारसले साग आदि सिजन अनुसार उहाले लगाउदै आउनु भएको छ | नेपाल मा यसप्रकारको साग  लाइ प्रमुख बाली को रुपमा  भन्दा सायक बाली को रुपमा  लगाउने चलन बढी छ | ५ बर्ष को लागि जमिन लिज मा लिएर खेति गर्नु  भएको खेम जी को खेति  गर्ने सैली र उहाको सिकाई हेर्दा उहा सफल किसान हुनुहुन्छ | पोखरा क्षेत्र मा यस प्रकारको साग खपत हुन सक्ने सम्भावना बढी छ किनकि पर्यटन र होटल को संख्या को हिसाब ले | यी अलावा ओरिगानो , रोजमेरी , बेसिल , जेनिथ बन्दा पनि लगाउन सके राम्रो हुनेछ |
भबिस्य मा उहाको खेति अझ  विस्तार होस् , र सफलता मा अझ अघि बढ्न सक्नुस येही छ मेरो शुभकामना ||
- राजेन्द्र देवकोटा विज्ञ कृषि
फोटो शालिक बेलबासे र खेम पौडेल

Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.