विवाह बर्षगाँठको खुशियाली मानवसेवा आश्रमका गरिमाहरुको साथमा।।।
.......................................................
०३ फागुन २०७३ मानवसेवा आश्रम भरतपुर-१० बाईपासरोड (आँखा अस्पताल नजिक)- ०५६-५२५८९४, ९८५५०७६००३, ९८५५०८१८९९
भरतपुर-४ निवासी मानवसेवा आश्रमको सुरुवात काल देखि नै आश्रमको अभिभावकीय भुमीका निर्वाह गर्दै आश्रमलाई आवश्यकता अनुसार खाद्दन्न उपलब्ध गराउदै आउनु भएका परोपकारी भावनाका धनी आदरणिय नारायण लखौटिया ज्यू र अम्बिका लखौटिया ज्यूको २२ औ बिवाह बर्षगाँठको शु-अवसरमा मानवसेवा आश्रमका गरिमा लक्ष्मी नारायणहरुलाई विहानको भोजनसेवा गराउनु भएको छ। मानवसेवा आश्रमको हरेक सुख, दुखको सहयात्री बन्दै हामी अभियान्ताहरुलाई पनि हैसला बढाउनु हुने आदरणिय नारायण लखौटिया ज्यू तथा आदरणिय अम्बिका लखौटिया ज्यूलाई विवाह बर्षगाँठको हार्दिक बधाईको साथै सधै यस्तै हास्दै खुशी हुदै एक अर्काको सहयात्री बन्दै जिवनमा अगाढि बढिरहन सक्ने शक्ति ईश्वरबाट प्राप्त होस् भन्दै सदैव हजुरहरुलाई सुखले खान पुगोस् र हाँसी खुशि दान गर्न पुगोस् भनि प्रार्थना गर्दछौ।।।
Post a Comment