‘नि:शुल्क स्वास्थ्य शिविर' मा अनुभवी डाक्टरहरुद्वारा १५० जना भन्दा बढी नागरिकहरुको  पाठेघर जाँच र सामान्य स्वास्थ्य जाँच परिक्षण सम्पन्न।

जन सेवा गर्ने उदेश्यले विवेकशील नेपाली दल- ललितपुरले आज ललितपुर उप-महानगरपालिका १७ नं वडा कार्यलय भवन, लुंखुसी, त्यागलमा बिहान १० बजे देखि २ बजे सम्म  ‘नि:शुल्क स्वास्थ्य शिविर' आयोजना गरेको छ । उक्त कार्यक्रममा अनुभवी डाक्टरहरुद्वारा १५० जना भन्दा बढी नागरिकहरुको  पाठेघर जाँच र सामान्य स्वास्थ्य जाँच परिक्षण गरिएको छ।

"हाम्रै कालमा राष्ट्रलाई सम्बृद्ध बनाउनु छ र एक सम्बृद्ध राष्ट्रका निम्ति हरेक नागरिक स्वस्थ हुन अनिवार्य छ, त्यहि स्वस्थ नागरिक बनाउने अभियान हो यो" विवेकशील नेपाली दल- ललितपुर का जिल्ला अध्यक्ष तथा कार्यक्रम संयोजक मनन महर्जनले बताए। विवेकशील नेपाली दलले स्थापना देखी नै "बाचा कम काम बढि गर्छौ" भन्ने मान्यतामा अडिग रहँदै हरेक हप्ता नागरिकहरु सँग प्रत्यक्ष अन्तर्क्रिया, उधमशिलताका कार्यक्रम, भ्रष्टाचार विरुद्ध कार्यक्रम लगायत राजनितिक र सामाजिक जनचेतना मूलक कार्यक्रमहरु निरन्तर गर्दै आएको छ । विगत ४ हप्ता देखि विवेकशील नेपालीले काठमाडौँका नागरिकहरुको घर-घर पुगी सपना संकलन अभियान पनि गरिरहेको छ

Labels: ,

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.