गिरान्चौर बस्ती निर्माणमा ११०० डलर सहयोग गर्नुभएका गिरि परिवार बाट मुसहर बस्तीको लागी१ हजार अष्ट्रेलियन डलर सहयोग

देश निर्माणका लागी एक पटक हैन पटक पटक तपाईहाम्रो सहभागीताको खाचों पर्छ । हरेक नेपाली बिश्वका जुनसुकै देशबाट पनि आफ्नो देशको निर्माण कार्यमा बारम्बर सहभागी भई ईट्टा थप्ने काम गरिरहनु भएको हुन्छ । त्यस्तै सहयोगी मनका धनि कुमार गिरी र हिरा गिरीले यस अघिको गिरान्चौर नमुना बस्ती निर्माणमा पनि ११०० डलर सहयोग गर्नुभएको थियो । त्यहि सहयोगी मनले फेरी पनि एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागी सहयोग गर्नुभएको छ । उहांहरुले मुसहर बस्ती निर्माणका लागी अष्ट्रेलियाको सिड्नीबाट धुर्मुस सुन्तली फाउण्डेसनलाई १ हजार अष्ट्रेलियन डलर सहयोग गर्नुभएको छ । उहांहरुको यस सहयोग प्रति हामी निकै कृतज्ञ छौ ।

नमस्कार, मुसहर बस्ती निर्माणका लागि सहयोग तथा परियोजना बारे जानकारिको लागि 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स  वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस ।                                  - धुर्मुस सुन्तली फाउन्डेसन

सबैले आआफ्नो ठाउँ बाट सकेको सहयोग गरौं,सबैको मुहार मा मुस्कान ल्याउने धुर्मुस सुन्तलिको यस महान कार्यमा साथ दिऔं। सक्नेले आर्थिक/सामाग्री/श्रमदान गरौं नसक्नेले हौसला प्रदान गरौं,यहि नै हो पुण्य कर्म अनि धर्म।www.missyounepal.com परिवार को तर्फ बाट पनि हार्दिक सम्मान एवं आभार प्रकट गर्दछौं।

Labels: ,

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.