मान्छेको इच्छा असिमित हुन्छ, चाहाना पुरा गर्ने स्रोत सिमित हुन्छ । अभाव जिवनको कालखण्ड हो, जसको बिचमा प्रवासमा रहदा पनि स्वदेशको माया जागेर आउछ । नेपाल र नेपालीको लागी हरेक बिदेशीने नेपाली देश निर्माणका लागी हातमा हात मिलाएर अघि बढ्ने अठोट राख्दछ । सिरेश्वर नगरपालीका २ धनुषा स्थाई घर भई हाल बैदेशीक रोजगारीका लागी कतार पुग्नुभएका श्रीनारायण साडाले एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागी धुर्मुस सुन्तली फाउण्डेसनलाई दिल खोलेर गर्नुभएको ५० हजार ११ रुपैया सहयोग हामीले प्राप्त गरेका छौ । उहांको यस सहयोग प्रति हामी नतमष्तक छौ ।
नमस्कार, मुसहर बस्ती निर्माणका लागि सहयोग तथा परियोजना बारे जानकारिको लागि 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस । - धुर्मुस सुन्तली फाउन्डेसन
सबैले आआफ्नो ठाउँ बाट सकेको सहयोग गरौं,सबैको मुहार मा मुस्कान ल्याउने धुर्मुस सुन्तलिको यस महान कार्यमा साथ दिऔं। सक्नेले आर्थिक/सामाग्री/श्रमदान गरौं नसक्नेले हौसला प्रदान गरौं,यहि नै हो पुण्य कर्म अनि धर्म।www.missyounepal.com परिवार को तर्फ बाट पनि हार्दिक सम्मान एवं आभार प्रकट गर्दछौं।
Post a Comment