एक मनोरोगी र असक्त आमाको उद्धार।।।
.................................................
२९ माघ २०७३ @ मानवसेवा आश्रम ललितपुर ९८५५०७६००५, ९८५१०९५४७९
ललितपुर ४ जावलाखेल सडकपेटिमा कष्टकरजीवन यापन गरिरहनु भएकि अन्दाजी ६० बर्षिय आमाको बारेमा त्यहाका स्थानिय बासिन्दाहरुले जानकारी दिनु भए पश्चात स्थानिय प्रहरी र स्थानिय व्यक्तिहरुको सहयोगमा उद्धार गरी आश्रमा ल्याईएको छ। आफ्नो नाम बिष्णु माया लामा र काभ्रे पनौती कुसादेबी घर बताउने आमाको शारिरीक अवस्था कमजोर रहेको छ।
नोटः (परिवार आफन्त गुमाई सडकमा पुगेका, घरपरिवारबाट परित्यक्त, आफ्नै परिचय समेत बताउन नसक्ने अवस्थामा रहेका मनोरोगी, अनाथ, अपाङ्ग, अशक्त, असाहय तथा मागेरपनि गुजारा चलाउन नसक्ने मानव मात्रलाई खाना नाना र छानाको व्यवस्था गरी वि.सं. २०८२ साल सम्ममा “अनाथ–अलपत्र ‘सडक–मानव’ मुक्त” राष्ट्र नेपाल निर्माण गर्दै “मानवीयताको राष्ट्र” समेत घोषणा गर्ने हाम्रो लक्ष्य रहेकोले यस मानविय सेवा कार्यमा यहाँहरु समस्तको साथ र सहयोगको हार्दिक आशा अनी अपेक्षा राखेका छौ)
Post a Comment