घर-परिवारवाट परित्यक्त आमा मुटु,थाइराड र निमोनियाको रोगबाट ग्रसित

घर-परिवारवाट परित्यक्त आमा अस्पतालमा--------
मानवसेवा आश्रम,ललितपुरमा २०७३/०९/२५ गते देखि आश्रय लिंदै आउनुभएकी अन्दाजी ४५ वर्षकी धादिङ, मार्पाक घर बताउने आमालाई उपचारार्थ आश्रमले सुमेरु अस्पताल, धापाखेलमा भर्ना गरेको छ।श्री कमला अधिकारी नाम बताउने आमालाई, ल.पु.उ.म.न.पा. वडा नं.११ बाट प्रहरीको सहयोगमा सडकमा अत्यन्त कष्टकर जीवन विताईरहेको अवस्थाबाट उद्धार गरिएको थियो। घर-परिवारवाट परित्यक्त निज आमा मुटु,थाइराड र निमोनियाको रोगबाट ग्रसित हुनु भएको उपचारमा संलग्न डा. बाबुराम पोख्रेलले बताउनु भएको छ। हाल वहाँको स्वास्थ सुधारोन्मूख रहेको चिकित्सकले बताउनु भएको छ। आमाको घर परिवार खोजी जारी छ। अस्पतालले आमाको उपचारमा विशेष छुट गर्ने बताएको छ।
थप जानकारीको लागि मो.नं. ९८५१०९५४७९, ९८५५०७६००५, ९८४९४०५२९९, ९८४५६३७०३७.

Labels: ,

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.