सहयोग हस्तान्तरण बारे जानकारी !!!
"जय कला , जय कलाकार "
हाम्रो गौरवमय संस्था "अन्तर्राष्ट्रिय कलाकार मन्च बहराइन , (शाखा)" ले गत नोवेम्बर ०४ तारिख २०१६ शुक्रबार को दिन नेप्लिज वेल्फेर सोसाइटी बहराइन र लालीगुरास सेवा समाज बहराइन को बिशेष सहयोग एवम सहकार्य मा नुवाकोट जिल्ला को तुप्चे -२ अक्करे मा रहेका भुकम्प पीडित दृस्टिबिहिन बालबालिका हरुको लागि आर्थिक एवम् भौतिक सहयोगार्थ नेपाल बाट ख्यातिप्राप्त गायिका द्वय जुना प्रसाईं र जशोदा सुब्बा को बिशेष उपस्थिति मा "तिहार बिशेष देउसी भैलो एवम बृहत साङ्गीतीक साझ-२०१६" को आयोजना गरिएको कुरा त सम्पुर्ण बहराइन बासी नेपाली हरुमा अवगत नै छ। विभिन्न समस्या हरुको कारण हामीले प्राप्त गरेका आर्थिक एवम भौतिक सहयोग समयमा नै हस्तान्तरण गर्न असमर्थ रहेको कुरा पनि यहाँ हरु माझ हामीले अवगत गराउदै आइरहेका थियौ। ढिलै भए पनि बहराइन बासी नेपाली हरु ले देखाउनु भएको उत्साहपुर्ण सहयोग लाई पीडित समक्ष पुर्याउन सफल भएका छौ। आर्थिक एवम भौतिक रुपमा सहयोग गर्नुहुने सम्पुर्ण सहयोगी दाताहरुलाइ हाम्रो टीम को तर्फबाट मुरी मुरी धन्यवाद टक्र्याउन चाहान्छौ। साथै कार्यक्रम लाई भब्य एवम सभ्य रूपमा सफल बनाउन उल्लेखनीय भुमिका निभाउनु हुने सम्पुर्ण बहराइन बासी कलाकार साथीहरू ,पत्रकार साथीहरू , स्वयंसेवक साथीहरू , बुद्धिजीवी बर्ग ,ब्यापारी बर्ग लगायत तमाम प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सहयोगी हरु प्रती नमन गर्न चाहान्छौ।
सहयोग हस्तान्तरण निम्नअनुसार गरिएको छ.....!!!!!
१. नुवाकोट जिल्ला को तुप्चे -२ अक्करेमा (३३ थान कम्बल साथै आर्थिक रु.५६०००/- अक्षरुपी छप्पन्न हजार रुपैयाँ मात्र ) सहयोग हस्तान्तरण गरिएको छ..!!
२. दीक्षा चापागाईं द्वारा काठमाडौ को धापासी मा संचालित "पबित्र सेवा समाज" लाई (१६ थान कम्बल ) सहयोग हस्तान्तरण गरिएको छ...!!
३. तनहुँ को सिद्धबेनी नि.मा.बि. का अपांग बिद्यार्थी हरुलाइ (१० थान कम्बल ) सहयोग हस्तान्तरण गरिएको छ..!!
नोट :- हामीलाई सहयोगी दाता हरु बाट भौतिक सहयोग स्वरुप (५९ थान ब्लाङ्केट कम्बल)प्राप्त भएको थियो भने आर्थिक सहयोग स्वरूप बि.डि.१३०२.५००/- फिल्स प्राप्त भएको थियोे भने टिकट बिक्रि बाट जम्मा बि.डि.७२८/- प्राप्त भएको थियोे। जसमा ब्लाङ्केट (कम्बल ) नेपाल पठाउन कार्गो खर्च बि.डि.१२०/- सहित कार्यक्रम को शुरूवात देखि सहयोगी दाताहरु लाई सम्मान कार्यक्रम गर्दा सम्मको सम्पुर्ण खर्च कटौती गरेर बाकी रहेको आर्थिक नेपाली रुपैयाँ ५६०००/-(अक्षरुपी छपन्न हजार रुपैयाँ मात्र ) नुवाकोट का भुकम्प पीडित दृस्टिबिहिन बालबालिका हरुलाइ सहयोग स्वरुप हस्तान्तरण गरिएको कुरा सम्पुर्ण बहराइनबासी नेपाली दाजुभाइ तथा दिदिबहिनी हरुमा सहर्ष जानकारी गराउन चाहान्छौ। धन्यवाद ,,,
सम्पुर्ण मा फेरि पनि एकपटक हार्दिक धन्यवाद टक्र्याउन चाहान्छौ साथै आगामी दिनहरूमा पनि यस्तै साथ र सहयोग को अपेक्षा राख्दछौ..!!!! धन्यवाद
अन्तर्राष्ट्रिय कलाकार मंच बहराइन ,(शाखा ), परिवार
Post a Comment