अहिलेसम्म धुर्मुस सुन्तली फाउण्डेसनको बैंक अफ काठमान्डौको खातामा ८७ लाख २४ हजार सहयोग रकम जम्मा भएको छ भने कृषि बिकाश बैंकको खातामा १ करोड १५ लाख भन्दा बढि रकम जम्मा भएको छ । सहयोग रकमलाई नै आधार मान्ने हो भने फाउण्डेसनलाई अहिले सम्म १ करोड बराबारको सहयोग रकम प्राप्त भएको छ । जसमा फाउण्डेसनको बैंक अफ काठमान्डौमा जम्मा भएको र कृषि बिकाश बैंकले दिएको १५ लाख गरि १ करोड बराबार सहयोग रकम संकलन भएको हो । गिराञ्चौर परियोजनाबाट बांकि बसेको १ करोड बराबारको रकम सहित फाउण्डेसनको खातामा २ करोड बराबरको रकम संकलन भएको छ । धुर्मुस सुन्तली फाउण्डेसनले निर्मँण गरिरहेको एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागी ४ करोड ७८ लाख लगानी लाग्ने अनुमान लिईएको छ । फाउण्डेसनले अहिलेसम्म मुसहर बस्ती निर्माणका लागी ७० लाखको हाराहारीमा खर्च गरेको छ ।
नमस्कार, मुसहर बस्ती निर्माणका लागि सहयोग तथा परियोजना बारे जानकारिको लागि 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस । - धुर्मुस सुन्तली फाउन्डेसन
सबैले आआफ्नो ठाउँ बाट सकेको सहयोग गरौं,सबैको मुहार मा मुस्कान ल्याउने धुर्मुस सुन्तलिको यस महान कार्यमा साथ दिऔं। सक्नेले आर्थिक/सामाग्री/श्रमदान गरौं नसक्नेले हौसला प्रदान गरौं,यहि नै हो पुण्य कर्म अनि धर्म।www.missyounepal.com परिवार को तर्फ बाट पनि हार्दिक सम्मान एवं आभार प्रकट गर्दछौं।
Post a Comment