जन्मोत्सबको खुशीमा आश्रममा रहनुभयका ५३ जनको स्वास्थ्य परिक्षण तथा फलफूल वितरण

स्वास्थ्य परिक्षण सहित फलफुल वितरण
................................................
१२ फागुन २०७३ @ मानवसेवा आश्रम भरतपुर-१० बाईपासरोड (आँखा अस्पताल नजिक)-०५६-५२५८९४, ९८५५०७६००३, ९८५५०८१८९९,

आफ्नो जन्मदिनको खुशी खाली आफू र आफ्ना आफन्तहरुसँग मात्रै होईन दिन दुःखीहरुसँग बसेर र एक दिन भए पनि उँहाहरुको सेवा गरेर आफ्नो खुशी मनाउनु पर्छ भन्ने भावनाले अतप्रोत परोपकारी भावनाका धनी नेपाल चिकित्सक संघ चितवन शाखाका सचिब फिजिसियन डा. भोजराज अधिकारी ज्यूले आफ्नो शुभ जन्मोत्सबको खुशीमा मानवसेवा आश्रमका गरिमा ५३ जना लक्ष्मी नारायणहरुको स्वास्थ्य परिक्षण तथा फलफूल वितरण गरेर आफ्नो जन्मदिन मनाउनु भएको छ। श्रीमती बबिता घिमिरे अधिकारी ज्यू र छोरीको साथमा आउनु भएको आदरणिय भोजराज अधिकारी ज्यूलाई जन्मदिनको शुभभावना दिनका निम्ति भरतपुर जिल्ला अस्पतालका ब्यवस्थापन समितिका पूर्व अध्यक्ष आदरणिय विजय सुवेदी ज्यू, नेपाल मेडिकल काउन्सिलका अध्यक्ष आदरणिय प्रकाश खतिवडा ज्यू, आदरणिय डा. सन्दिप पाण्डे ज्यू, आदरणिय डा. रामसुन्दर त्वयना ज्यू,  प्रेस यूनियनका सभापति आदरणिय नारायण अधीकारी ज्यू,  आदरणिय पत्रकार सन्दिप श्रेष्ठ ज्यू, चितवन पोस्टबाट पत्रकार आदरणिय दिपेन्द्र अधिकारी ज्यू, भरतपुर जिल्ला अस्पतालका सामाजिक सेवा ईकाईका प्रमुख  आदरणिय गोपाल प्रसाद पौडेल ज्यू तथा समस्त श्री पुष्पान्जली हस्पिटल परिवारबाट पाल्नु भएको कार्यक्रम सुन्दर एवम् ब्यवस्थित रुपबाट सम्पन्न भएको छ।
अरु भन्दा पृथक तरिकाबाट जन्मदिन मनाउनु भएका आदरणिय डा. भोजराज अधिकारी ज्यूले आगामी दिनमा पनि  मानवसेवा आश्रमलाई आफूले गर्नु पर्ने सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ।
परोपकारी मनका धनि आदरणिय डा. भोजराज अधीकारी ज्यूलाई जन्मदिनको हार्दिक शूभभावनाको साथै उँहाको सु-स्वास्थ्य,दिर्घायू एवम् उत्तरोत्तर प्रगतिको सुभ-भावना सहित हजुरको साथ र सहयोगको लागी हार्दिक आभार ब्यक्त गर्दछौ।।।
धन्यबाद।।।

Labels: ,

Post a Comment

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.