अधिंकाश नेपालीहरु अहिले बिदेशी भुमिमा रोजगारीको सिलसिलामा बसोबास गरिरहेका छन् । उहांहरु हरेकलाई देशबाट टाढा हुंदापनि देशप्रतिको माया र स्नेहमा भने कुनै कमि आएको छैन् । नेपालीहरु जुनसुकै मुलुकमा भएपनि एकजुट भएर नेपालको निर्माण कार्यमा ईट्टा थप्ने काम गरिरहनु भएको हुन्छ । धरान १६ सुम्रिमा चोक स्थाई घर भई हाल सपरिवार दुबईमा आफ्नै ब्यबसाय टाईबर फेसन एण्ड टेक्सटाईल डिङ्ग एलएलसी मार्फत नेपाली भेषभुसाको सिलाई तथा प्रवद्र्धन गदै आईरहनु भएका टिकादत्त शिवा र उहांका श्रीमती बबिता रणपहेली शिवाले एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागी धुर्मुस सुन्तली फाउण्डेशनलाई दिनुभएको ८ हजार ६ सय ७५ रुपैया सहयोग प्रति हामी निकै आभारी छौ ।
नमस्कार, मुसहर बस्ती निर्माणका लागि सहयोग तथा परियोजना बारे जानकारिको लागि 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस । - धुर्मुस सुन्तली फाउन्डेसन
सबैले आआफ्नो ठाउँ बाट सकेको सहयोग गरौं,सबैको मुहार मा मुस्कान ल्याउने धुर्मुस सुन्तलिको यस महान कार्यमा साथ दिऔं। सक्नेले आर्थिक/सामाग्री/श्रमदान गरौं नसक्नेले हौसला प्रदान गरौं,यहि नै हो पुण्य कर्म अनि धर्म।www.missyounepal.com परिवार को तर्फ बाट पनि हार्दिक सम्मान एवं आभार प्रकट गर्दछौं।
Post a Comment