"बहिर्गमन"कृतिको सम्पूर्ण लेखकिय रकम रोयल्टी धुर्मुस सुन्तली फाउन्डेसन लाई प्रदान गर्ने घोषणा

"सहयोग गर्न सम्पति चाहिदैन् मन भए पुग्छ", यो भनाई भाषमा वा कितावमै मात्रै सिमित छैन् भन्ने एक उदाहरण हुन् लेखक तथा साहित्यकार धर्म सापकोटा राजु । हिजो अर्थात शनिबार उहांको दोश्रो कृति लघुकथा संग्रह "बहिर्गमन" सार्बजनिक भयो । उहांले आफ्नो उक्त कृतिको सम्पूर्ण लेखकिय रकम रोयल्टी धुर्मुस सुन्तली फाउन्डेसन लाई प्रदान गर्ने घोषणा गर्नुभएको छ। हिजो सर्वनाम थिएटर, काठमॉंडौमा बिशिष्ट अतिथीहरु, बरिष्ठ साहित्यकार एवम भाषाविद मुकुन्दसरण उपाध्याय र बरिष्ठ नाटककार अशेष मल्ल द्वारा संयुक्त रुपमा बिमोचित तथा चर्चित साहित्यकारद्वय अमर न्यौपाने र श्रीओम श्रेष्ठ रोदनको आतित्थ्यमा सम्पन्न कार्यक्रममा उहॉंले सो घोषणा गर्नु भएको हो। कार्यक्रममा धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस) ले पठाउनु भएको शुभकामना सन्देश र फाउन्डेसनका कार्यक्रमबारे कोषाध्यक्ष मदन तिमील्सीनाले बोल्नुभएको थियो। रोयल्टीको पहिलो रकम पुस्तक बिक्रीका आधारमा केही दिन भित्रै एक कार्यक्रमको आयोजना गरी हस्तान्तरण गरीने लेखक सापकोटाले बताउनु भएको छ । उहांले देखाउनु भएको यो माया, सद्भाव प्रति हार्दिक धन्यवाद दिन चाहान्छौ ।  तपाईहरुको हौसला र सर्पोट प्रति हामी निकै आभारी छौ ।

 नमस्कार, मुसहर बस्ती निर्माणका लागि सहयोग तथा परियोजना बारे जानकारिको लागि 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स  वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस ।                                  - धुर्मुस सुन्तली फाउन्डेसन

सबैले आआफ्नो ठाउँ बाट सकेको सहयोग गरौं,सबैको मुहार मा मुस्कान ल्याउने धुर्मुस सुन्तलिको यस महान कार्यमा साथ दिऔं। सक्नेले आर्थिक/सामाग्री/श्रमदान गरौं नसक्नेले हौसला प्रदान गरौं,यहि नै हो पुण्य कर्म अनि धर्म।www.missyounepal.com परिवार को तर्फ बाट पनि हार्दिक सम्मान एवं आभार प्रकट गर्दछौं।


Labels: ,

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.