थोपा थोपाले समुद्र बने झैं महोत्तरीको बर्दिबासको मुसहर बस्ती निर्माणकालागि तराई मधेसबाट पनि सहयोग जुट्ने क्रम जारी छ । बस्तीमै आएर बस्ती निर्माणको कार्यलाई अवलोकन गर्दै बर्दिबासका युवा समाज सेवी तथा गौतम होटलका संचालक श्री हिरा गौतम ज्यूले बस्ती निर्माणको लागि एक लाख रुपैंया सहयोग प्रदान गर्नु भएको छ । होटल व्यवसायी गौतमले ‘धुर्मुस’लाई चेक हस्तान्तरण गर्दै भन्नुभयो – “म पनि यो पुण्य काममा थोरै सहभागिताले मिसिन आएको छु ।”
“सहयोगी मनहरुकै साथ र सहयोगलेराष्ट्र निर्माणको अभियानमा
हालसम्म झन्डै रु दुई करोडभन्दा बढी रकम सङ्कलन भए पनि बस्ती निर्माणका लागि अझै रु दुई करोड ५० लाख रकम अपुग रहेकाले तराई मधेसका उद्योगी, व्यापारी, समाजसेवीसहितका समाजका सबै तहतप्काका सहयोगी मनसँग सहयोगका लागि अनुरोध गर्र्दै समाजसेवी तथा व्यवसायी गौतमलाई हामी हृदयदेखिनै अभार व्यक्त गर्दछौं ।
Post a Comment