कोरियामा दुर्घटनामा परि असमायिक निधन भएका स्व. होम गुरुङको परिवारलाई रु. एक लाख हस्तान्तरण

कोरियामा दुर्घटनामा परि असमायिक निधन भएका स्व. होम गुरुङको परिवारलाई रु. एक लाख हस्तान्तरण सम्पन्न ।
======================================
                         
                    स्याङ्जा परिवार दक्षिण कोरियाका सक्रिय सदस्य श्री होम गुरुङ ज्यूको गत १९ जनवरी २०१७ मा कोरियाको ख्वाङ्जु क्षेत्रमा कम्पनिमा काम गर्दा गर्दै औधोगिक दुर्घटनामा परि असमायिक निधन भएको थियो । पिडित परिवारलाई राहत स्वरुप यस संस्थाको मातहतमा  सामान्य रुपमा थोरै समयावधि राखेर आर्थिक संकलन अभियान गरेका थियौं र संकलित रकम हिजो २३ फेब्रुअरी २०१७ (१२ फागुन २०७३) बिहिवार का दिन यस संस्थाका पूर्व उपाध्यक्ष श्री याम गुरुङ, सक्रिय सदस्यद्वय श्री गणेश भण्डारी, श्री गणेश भट्टराई ज्युको संयुक्त टोली मृतक परिवारको हालको निवास राङखोला, स्याङ्जामा पुगेर स्व. होम गुरुङको वयोबृद्धा आमा लगायत  परिवारको अन्य सदस्यहरुको उपस्थितिमा संकलित सहयोग नगद रु.१,००,०००/- (अक्षरुपी एक लाख रुपैया मात्र) हस्तान्तरण गरिएको कुरा जानकारी गराउँदछौं ।

         धेरै सहयोग गर्न नसकेपनि स्वच्छ हृदयका साथ सहयोगी मनहरुद्वारा संकलित यो सानो आर्थिक सहयोगले शोकमग्न, आँशुमा डुबेको परिवारको आलो घाउमा थोरै भएपनि राहत तथा सहानुभूति मिल्नेछ भन्ने विश्वास लिएका छौं ।

  रकम संकलनमा सहभागी सम्पूर्ण सहयोगी मनहरुलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौं ।

                         - स्याङ्जा परिवार, दक्षिण कोरिया ।

Labels: ,

Post a Comment

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.