महायज्ञबाट १ करोड भन्दा बढी सहयोग संकलन

महायज्ञबाट १ करोड भन्दा बढी सहयोग संकलन
फागुन ५ /नवलपरासी
श्री नागस्थान धार्मिक सेवा समितीव्दारा नागस्थान तथा गणेश पञ्चायन मन्दिर निर्माणार्थ मिती २०७३ माघ २७ गतेदेखी सञ्चालन भएको श्रीमदभागवत धन धान्याञ्चल ज्ञान महायज्ञ २०७३ आज सम्पन्न भएको छ ।करीब तीन बिगाह क्षेत्रफलमा फैलिएको नागपोखरी बाल उद्यानलाई धार्मिक पर्यटकिय गन्तव्यको रुपमा विकसित गर्ने र प्रकृतिका अनेकौँ विविधता भित्र ईश्वरीय अस्तित्वको खोजी गर्ने अलौकिक सनातन हिन्दू धर्म संस्कृतिको जगेर्ना गर्न सहयोग पुर्‍याउने उद्देश्यले प्रस्तरकलाको नमुनाको रुपमा समेत देखिने गरी आठ फूट अग्लो कलात्मक नाग मुर्तिव्दारा शोभायमान नाग देवताको थान , प्राचिन नेपाली शैलिसहित काष्ठकलाको उत्कृष्ठ नमुनाको रुपमा रहने गरी गणेश पञ्चायन मन्दिर स्थापनार्थ आर्थीक स्रोत संकलन गर्ने तथा एतिहासिक नागधाम तथा नवलपरासी जिल्लाकै पहिलो बाल उद्यानको प्रचार प्रसार गर्ने समेत उद्देश्य राखी धन धान्याञ्चल सप्ताह ज्ञान महायज्ञको आयोजना गरिएको आयोजक समितिका अध्यक्ष दिनेश भुसालले बताउनुभयो । वाणिञ्य राज्य मन्त्री सुवर्ण जुवाचनले समुद्घाटन भएको महायज्ञमा नगद र वचनदान गरी १ करोड २० लाख रुपैयासहित जिन्सी सामान समेत संकलन भएको महायज्ञ प्रचारप्रसार समितिका उप संयोजक प्रकाश काफ्ले जानकारी दिनुभयो ।शितल कृष्ण महाराजव्दारा बाचन गरिएको महायज्ञ स्थानिय विकाश अधिकारी युवराज कटेलको प्रमुख आतिथ्यतामा आज समापन गरिएको छ ।
(समाचार:राजु चापागाँई बाट)

Labels: ,

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.